लन्डन । क्रोयडन काउन्सिलले गत १४ जुलाई आइतबार गरेको ‘क्रोयडन मेला’ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ को व्यापक प्रचार प्रसार गरिएको छ । करिब १२ हजार सहभागी उक्त मेलामा क्रोयडन नेपाली कम्युनिटीले भ्रमण वर्षको व्यापक प्रवर्धन गरेको हो ।
मेलामा काउन्सिलले उपलब्ध गराएको ‘फुड स्टल’ मा मौलिक नेपाली खानासहित लन्डनस्थित नेपाली दूतावासद्धारा प्रवन्ध गरिएको ‘भिजिट नेपाल २०२०’ को प्रचार सामाग्री आगन्तुकहरुलाई बांडिएको थियो । स्टलमा क्रोयडन नेपाली कम्युनिटीका पदाधिकारी आफ्नै संस्थाले बनाएको ‘भिजिट नेपाल’ अंकित टिसर्ट लगाएर खाना प्रवर्धन अनि नेपाल भ्रमणको निम्तो दिन व्यस्त भए ।
उक्त स्टलमा क्रोयडन काउन्सिलका मेयर काउन्सिलर हुमायुन कविर, काउन्सिल लिडर टोनी न्यूम्यान, क्रोयडन काउन्सिलकी क्याबिनेट सदस्य हमिडा अली लगायत स्थानीय नेता तथा विदेशीहरुले चासोका साथ अवलोकन र जानकारी लिएका थिए । सो अवसरमा काउन्सिल मेयर कविरले विशेष धन्यवाद दिंदै आगामी वर्षहरुमा पनि नेपालीहरुको प्रतिनिधित्व आफूले अपेक्षा गरेको बताए ।
मेला शुरु हुनुअघि सामाजिक अभियन्ता शिवजी श्रेष्ठले उत्साहजनक सहभागितासहित ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन विशेष पहल गरेकामा कम्युनिटीका संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटा, अध्यक्ष नवीनकुमार कार्की र सदस्य डा. सुरजमणि पौडेललाई विशेष धन्यवाद दिंदै सफलताको शुभकामना दिएका थिए ।
मेलामा आस्तिक कंडेल र रिमा कंडेलको मौलिक नेपाली नृत्यले सबैको ध्यान खिचेको थियो । नेपाली युवाहरुको सांगीतिक समूह ‘नाम्लो व्याण्ड’ ले पनि मेन स्टेजमा आफ्नो ‘परफर्मेन्स’ गरेको थियो ।
कम्युनिटी अध्यक्ष नवीनकुमार कार्कीले नृत्य प्रस्तुत गर्ने कंडेल जोडीसहित नेपाली खाना उपलब्ध गराइदिने स्पाइसी यार्डका प्रोपाइटर मदन खपांगी र शकुन्तला खपांगीलाई विशेष धन्यवाद दिए । उक्त कार्यक्रम सफल बनाउन कम्युनिटी उपाध्यक्ष रिमा कंडेल, सचिव प्रमोद खनाल, कोषाध्यक्ष उषा बास्कोटा, सदस्यहरु रन्जना केसी, सुनिता श्रेष्ठ, राकेश शाह, सरोज खतिवडा, पार्वता कुंवर, शकुन्तला खपांगी, आस्तिक कंडेल लगायतलाई पनि कम्युनिटीले आभार व्यक्त गरेको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल