लन्डन । किरात याक्थुङ चुम्लुङ युकेले आफ्नै जग्गामा यस वर्षको सिसेक्पा तङ्नाम मनाएको छ । चुम्लुङले केन्टको याल्डिङमा करिब २५३३ एकड जग्गा खरिद गरेको छ । सो जग्गामा शनिबार विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत सामग्रीहरुको प्रदर्शनीका साथ चुम्लुङले सिसेक्पा तङ्नाम मनाएको हो ।
कार्यक्रममा मेडिस्टोन काउन्सिलकी मेयर मरियन रिङ प्रमुख अतिथि रहेकी थिइन् भने एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. मारुहाङ खेवाङ विशेष अतिथि थिए ।
सो अवसरमा चुम्लुङको घर (डेन) को पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर रिङले चुम्लुङ मेडिस्टोनको सम्पत्ति भएको र आउंदा वर्षहरुमा पनि सो ठाउंमा कार्यक्रम गर्न आउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा विशेष अतिथित्रय फगामी, सुनुवार र खेवाङले पनि सिसेक्पा तङ्नामको शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका महानुभावहरुलाई पुरस्कार र सम्मान गरिएको थियो । खेलमा योगदान दिएकामा गेहेन्द्र थाम्सुहाङ, कला संस्कृतिमा अमृता केरुङ, इन्भिक्टियस खेलमा पदक विजेता कुशल लिम्बु, चलचित्रमा योगदान दिएका निकेश लिम्बु र अल्ट्रा म्याराथन धाविका रञ्जु यङदेन, नेपालका राष्ट्रपतिबाट पुरस्कार पाएका काजिमान याक्सो, बेलायती महारानीबाट ‘एमबीइ’ पाएका महेन्द्र लिम्बु, काउन्सिर पदमा निर्वाचित राम खजुम तथा च्याब्रुङ नाचमा प्रथम स्थान ल्याउने आसफोर्ड केलाङ समूहलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री विजयप्रकाश थेवे, काउन्सिलर प्रवेश केसी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, किरात राई यायोख्या युकेका उपाध्यक्ष सुमनचन्द्र राई, तमु प्ये ल्हुका पुरन वीर गुरुङ, मेडस्टोन नेपाली समाजका अध्यक्ष दिलकुमार राई, पांचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, शिवजी श्रेष्ठ, नरकुमारी लिम्बु लगायत अतिथि थिए ।
चुम्लुङका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेको अध्यक्षतामा भएको सो कार्यक्रम सञ्चालन महासचिव गणेश इजमले गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले हेल्थ एण्ड सेफ्टीका बारेमा, कार्यक्रम संयोजक उपाध्यक्ष विमला सेनेले स्वागत र अर्का उपाध्यक्ष नरवीर आङ्बोले सिसेक्पा तङ्नामका बारेमा जानकारी दिएका थिए ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता