लन्डन । बेलायती युवराज चार्लसले ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका सैनिकहरुलाई तक्मा प्रदान गरेका छन् ।
७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राईफल्सको २५ औं वार्षिकोत्सव अवसरमा मंगलवार रोयल गोर्खा राईफल्सको पहिलो बटालियनका सैनिकहरुलाई तक्मा प्रदान गरेका हुन् । वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले ४० गोर्खालाई मेडल दिए ।
फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा अफगानिस्तानबाट फर्केका गोर्खा सैनिकहरुलाई युवराज चार्लसले तक्मा प्रदान गरेका थिए । ति गोर्खा सैनिकहरु नेटो मिसन अन्तर्गत अफगानिस्तानको काबुलमा सात महिनाको अपरेशनपछि हालै फर्किएका थिए ।
ब्रिटिश राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई माला लगाइदिएर गोर्खा सैनिकहरुले स्वागत गरेका थिए । फिल्ड मार्शल युनिफर्ममा सजिएका चार्लसले तक्मा प्रदान गर्दा एकजना गोर्खा सैनिकसंग ठट्टा पनि गरेको बेलायती अखबारहरुले जनाएका छन् ।
युवराज चार्लस सन् १९७७ देखि रोयल गोर्खा राईफल्सको कर्नेल इन चिफ छन् । अब दुई बर्ष भित्र महारानी ९५ पुगेपछि चार्लसले राजगद्दी सम्हाल्ने समाचार हालै प्रकासित भएको छ ।
गोर्खा रेजिमेन्टसंगको शाही कनेक्सन सन् १८७६ देखि भएको हो जतिबेला प्रिन्स अफ वेल्स् पहिलो कर्णेल इन चिफ थिए ।
गोर्खा सैनिकहरुले बेलायती फोर्सेससंग हरेक प्रमुख युद्धमा अग्रपंक्तिमा एकसाथ लडाईं गरेका छन् । दुईवटा विश्व युद्धमा ४० हजार भन्दा बढि गोर्खाहरु दिवगंत भएका थिए भने १३ गोर्खाहरु सर्वोच्च उपाधि ‘भिक्टोरिया क्रस’ बाट सम्मानित भएका छन् । भूपू गोर्खाहरु भने समान पेन्सन आदिमा आफूहरुलाई भेदभाव गरिएको भन्दै बेखुसी छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने