लन्डन । सिटी अफ वेष्ट मिनिस्टर बरोभित्र पर्ने सेन्ट जोन्स् उडको आफ्नै ख्याति छ । कारण, ‘दि होम अफ क्रिकेट’ भनिने लर्डस् मैदान यसकै आसपासमा छ, जहां कयौं अन्तर्राष्ट्रिय खेल भइरहन्छ । आउंदो १४ जुलाइ आइतबार क्रिकेट वल्ड कप फाइनल खेल पनि लर्डसमै तय भएको छ ।
यतिखेर सेन्ट जोन्स् उड लन्डन अण्डरग्राउण्ड स्टेशनभित्र भित्तामा टांगिएका केही थान आकर्षक विज्ञापनले दैनिक हजारौं विदेशी यात्रुको ध्यान आकृष्ट गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनसहित राखिएका ति विज्ञापनमा नेपालको सर्वोच्च शिखर सगरमाथा, मठ मन्दिर, रयाफटिङ र शिल्पकलाको अदभूत नमुना झल्कन्छ ।
बेलायतमा लन्डन अण्डरग्राउण्ड एडभर्टाइजिङ अर्थात ट्युब एडभर्टाइजिङ विज्ञापनको प्रभावकारी माध्यम मानिन्छ किनकि एकैदिन लाखौंको नजरमा पर्छन् त्यहां टांगिने बीलबोर्ड विज्ञापन । राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो ब्राण्ड स्थापित गर्न पनि यस्तै माध्यम अपनाउंछन् ।
तर, विज्ञापनमा बुद्ध भनेर टांगिएका मुर्ति भने नेपालको नभइ थाइल्याण्डको भएको भन्दै सामाजिक सञ्जालतिर आलोचना भएपछि यसलाई हटाइएको बताइएको छ ।
ति अति महंगा विज्ञापन कसले राख्यो भन्नेबारे लन्डनस्थित नेपाली दूतावास भने बेखवर छ । ‘नेपाल पर्यटन बोर्ड र दूतावासलाई यसबारे केही थाहा छैन्’, दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘बुद्ध भनेर राखिएका चित्र अन्तै देशको भएको बुझिएकाले यसले झन् भ्रम सृजना गरयो । जसले राखे पनि नेपाल सम्बन्धि सामाग्री राख्दा एकपटक दूतावास वा पर्यटन बोर्डसंग अनुमति लिनु पर्दथ्यो ।’
नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भइरहंदा यसले थप टेवा पुग्ने धेरैको विश्वास छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको तथ्यांक छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाउने तयारीमा आफूहरु लागेको दावी गर्छन् ।
‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन दूतावासले पहल थालिसकेको छ । राजदूत डा. सुवेदीको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत बनाइएको छ । पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता दूतावासको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’