लन्डन । विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधी प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रिय स्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो ।
अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउंदा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताए । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व भित्र परेका छन् । अन्तर्राष्ट्रिय कानूनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उनले सन् २००४ मा ‘ओबिइ’ को उपाधि पाएका थिए । आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिरहने उनको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि ‘क्यूसी’ प्रदान गरेकी थिइन् ।
अक्सफोर्ड विश्वविद्यालयबाटै उत्कृष्ट शोधग्रन्थ वापतको पुरस्कारसहित सन् १९९३ मा विद्यावारिधी गरेका प्रा. सुवेदीले नेपालमा पनि विभिन्न मान पदवी र पुरस्कार प्राप्त गरेका छन् । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा ठूला र धेरै मान सम्मानले विभूषित एवं प्राज्ञिक तथा शैक्षिक उपाधि प्राप्त गर्ने सम्भवतः अर्को नेपाली छैन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका प्रा. सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गरेका थिए ।
उनका अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित कृतिहरुको ठूलो चाङ छ । उनले संसारका ५ प्रतिष्ठित विश्वविद्यालयहरुमा पूर्ण प्राध्यापक भएर र अरु ७ वटामा ‘भिजिटिङ प्रोफेसर’ भएर प्राध्यापन गरेका छन् । अक्सफोर्डको महाविद्यावारिधीको मुल्यांकन समितिमा उनले ४६ पेजको ‘बायोडाटा’ र १२ पृष्ठ लामो आफ्नो प्रकाशित कृतिको सूचीका साथै दुई बाकस आफ्ना पुस्तक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेखका ठेली पेश गरेका थिए । कुनै पनि व्यक्तिलाई महाविद्यावारिधी जस्तो विशिष्ट उपाधि प्रदान गर्नका लागि अक्सफोर्ड विश्वविद्यालयले विशिष्ट योग्यता र मापदण्ड निर्धारण गरेको छ । यस्तो योग्यता र मापदण्ड पुरयाउन प्रतिष्ठित प्राध्यापकहरु, श्रष्टाहरु र अन्य लेखकहरुलाई पनि मुश्किल पर्ने हुनाले अक्सफोर्ड विश्वविद्यालयले यस्तो उच्चस्तरको उपाधि विरलै प्रदान गर्दछ ।
प्रा. सुवेदीलाई महाविद्यावारिधी गर्ने निर्णयमा अक्सफोर्ड विश्वविद्यालयले उनले असाधारण प्रकृतिका ग्रन्हरु प्रकाशित गरि संसारको ज्ञान भण्डारलाई उत्कृष्ट योगदान दिएको व्यक्ति भनेर प्रशंसा गरेको छ । संसारका अत्यन्त थोरै र विशिष्टतम व्यक्तिहरुको समूहमा आफूलाई समावेश गर्न नेपालीको एउटा छोरा प्रा सुवेदी सफल भएका छन् र महाविद्यावारिधीले विभूषित व्यक्तित्व वा संस्कृतको भाषामा ‘महामहोपाध्याय’ भएका छन् ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस