लन्डन । विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधी प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रिय स्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो ।
अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउंदा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताए । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व भित्र परेका छन् । अन्तर्राष्ट्रिय कानूनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उनले सन् २००४ मा ‘ओबिइ’ को उपाधि पाएका थिए । आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिरहने उनको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि ‘क्यूसी’ प्रदान गरेकी थिइन् ।
अक्सफोर्ड विश्वविद्यालयबाटै उत्कृष्ट शोधग्रन्थ वापतको पुरस्कारसहित सन् १९९३ मा विद्यावारिधी गरेका प्रा. सुवेदीले नेपालमा पनि विभिन्न मान पदवी र पुरस्कार प्राप्त गरेका छन् । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा ठूला र धेरै मान सम्मानले विभूषित एवं प्राज्ञिक तथा शैक्षिक उपाधि प्राप्त गर्ने सम्भवतः अर्को नेपाली छैन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका प्रा. सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गरेका थिए ।
उनका अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित कृतिहरुको ठूलो चाङ छ । उनले संसारका ५ प्रतिष्ठित विश्वविद्यालयहरुमा पूर्ण प्राध्यापक भएर र अरु ७ वटामा ‘भिजिटिङ प्रोफेसर’ भएर प्राध्यापन गरेका छन् । अक्सफोर्डको महाविद्यावारिधीको मुल्यांकन समितिमा उनले ४६ पेजको ‘बायोडाटा’ र १२ पृष्ठ लामो आफ्नो प्रकाशित कृतिको सूचीका साथै दुई बाकस आफ्ना पुस्तक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेखका ठेली पेश गरेका थिए । कुनै पनि व्यक्तिलाई महाविद्यावारिधी जस्तो विशिष्ट उपाधि प्रदान गर्नका लागि अक्सफोर्ड विश्वविद्यालयले विशिष्ट योग्यता र मापदण्ड निर्धारण गरेको छ । यस्तो योग्यता र मापदण्ड पुरयाउन प्रतिष्ठित प्राध्यापकहरु, श्रष्टाहरु र अन्य लेखकहरुलाई पनि मुश्किल पर्ने हुनाले अक्सफोर्ड विश्वविद्यालयले यस्तो उच्चस्तरको उपाधि विरलै प्रदान गर्दछ ।
प्रा. सुवेदीलाई महाविद्यावारिधी गर्ने निर्णयमा अक्सफोर्ड विश्वविद्यालयले उनले असाधारण प्रकृतिका ग्रन्हरु प्रकाशित गरि संसारको ज्ञान भण्डारलाई उत्कृष्ट योगदान दिएको व्यक्ति भनेर प्रशंसा गरेको छ । संसारका अत्यन्त थोरै र विशिष्टतम व्यक्तिहरुको समूहमा आफूलाई समावेश गर्न नेपालीको एउटा छोरा प्रा सुवेदी सफल भएका छन् र महाविद्यावारिधीले विभूषित व्यक्तित्व वा संस्कृतको भाषामा ‘महामहोपाध्याय’ भएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने