विश्व प्रसिद्धी सूचांकमा जापान संसारकै उच्च, बेलायत खस्कियो

लन्डन । विश्व प्रसिद्धी सूचांकमा जापान संसारको सबैभन्दा उच्च देश मानिएको छ । ‘द फयूचर ब्रान्ड कन्ट्री इन्डेक्स’ ले सन् २०१४ पछि विश्वमा प्रभाव पार्ने ७५ देशबारे गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो ।

बेलायती ब्रान्ड कन्सल्टेन्सी ‘फयूचर ब्रान्ड’ ले गरेको उक्त विश्वव्यापी सर्वेक्षणमा देशहरुको ब्राण्ड, कर्पोरेट मुल्य, विश्वले हेर्ने दृष्टिकोण, स्थानीय मूल्य-मान्यता, पर्यटन सम्भाव्यता, जीवनस्तर, वातावरणीय सुधार, विरासत, संस्कृति, ब्यवसायिक सम्भाव्यता आदिलाई आधार मानिएको थियो ।

जापानको धनी संस्कृति, प्राकृतिक सौन्दर्य तथा आफ्नो विरासतले उसलाई संसारको पहिलो स्थानमा पुरयाउन सकेको हो । विश्व प्रसिद्धी सूचांकमा नर्वे दोस्रो, स्वीटजरल्याण्ड तेस्रो, स्वीडेन चौंथो, फिनल्याण्ड पाचौं, जर्मनी छैठौं, डेनमार्क सातौं, क्यानडा आठौं, अष्ट्रिया नवौं र लक्जम्बर्ग दशौं स्थानमा छन् ।

विश्वको पांचौं ठूलो जिडिपी भएको देश बेलायत भने झन् खस्किएर १९ औं स्थानमा पुगेको छ । विश्वकै शक्तिशाली अर्थतन्त्र भएको संयुक्त राज्य अमेरिका १२ औं स्थानमा छ ।

यस सर्वेक्षणमा जागरुप उपभोक्तावाद, सचेतना, नयां मुद्राको अनुभव, आधुनिक अर्थतन्त्र, प्रविधिले सिर्जना गरेको काम गर्ने बातावरण (रिमोट वर्किङ) जस्ता कुराहरुको प्रभाव देखिएको छ । साथै समग्र देशको आर्थिक उचाईंभन्दा जीवनस्तर कत्तिको गुणात्मक छ भनि मुल्यांकन पनि गरिएको छ ।

आगामी बर्षहरुमा आर्थिक हैसियत भन्दा सामजिक पक्ष, स्वतन्त्रता, न्याय तथा निष्पक्षताले मानिसको जीवन कति खुशी र सन्तुष्टि हुन सक्छ भन्ने पुस्टि गरेको अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्य बताउँछन् ।

उता, रोबोट तथा अन्य प्रविधि बिकासले सन् २०३० सम्ममा बिश्व कुल ग्राहस्थ उत्पादनमा १५ ट्रीलियन (१५ हजार अर्ब ) डलरको योगदान पुग्ने अर्को अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्द कम्पनी प्राइस वाटरहाउस कुपरले २९ देशका दुईलाख बिभिन्न सेक्टरको कामलाई प्रविधिले पार्ने प्रभाबबारे बिस्तृत अध्ययन गरेको थियो । सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिले ३० देखि ४० प्रतिशत कामदार बिस्थापित गर्ने अनुमान छ ।

सन् २०३० को सुरुवातमा यस्तो प्रविधि विकासले करिब एक करोड बेलायतको जनशक्तिलाई प्रभाव पार्न सक्ने कुरा ध्यानमा राख्दै यी कामदारको दक्षता बढाउन सिपको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री