
लिस्बन (पोर्चुगल) । पोर्चुगलमा कार्यरत नेपाली पत्रकारहरुलाई साझा रुपमा समेट्न नेपाल पत्रकार महासंघ तदर्थ समिति सर्वसम्मत गठन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा महासंघका युरोप शाखा अध्यक्ष केजिन राईको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।
समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सहसंयोजकमा राजकुमार थापा र प्रवक्तामा पेम्बा गेलु शेर्पा चुनिएका छन् । त्यसैगरि, सदस्यहरुमा भगवान गिरी, यामबहादुर गुरुङ, बासु सत्याल र निरन्जन सापकोटा तथा सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल चयन भएका समितिले जनाएको छ ।
सो अवसरमा प्रस्तावित समितिले पोर्चुगलका विभिन्न संघसंस्थाबीच वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरयो । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्यले सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने वा सच्याइनु पर्ने बताउंदै महासंघ यस मुद्दामा पछाडि नहट्ने दावी गरे ।
अध्यक्ष आचार्य ट्युनिसियामा आयोजित अन्तर्राष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिई नेपाल पत्रकार महासंघ युरोप शाखाको निमन्त्रणामा पहिलोपटक पोर्चुगल आएका हुन् ।
सो अवसरमा अध्यक्ष आचार्यले महासंघको पवित्र संस्था भित्र प्रवेश गर्दा सबैले राजनैतिक, क्षेत्रीय, जातीय वा कुनै पनि खालका विचार र धारणा त्याग्न सुझाव थिए । ‘जसरी मन्दिरमा प्रवेश गर्नु अगाडि जुत्ता बाहिर खोलेर पसिन्छ, त्यसैगरि महासंघको मन्दिर भित्र पस्दा पनि त्यसै गर्नुपर्छ’-आचार्यले भने ।
महासंघ युरोप शखाका अध्यक्ष केजिन राईले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारहरुको अवस्थाबारे प्रकाश पारे । उनले युरोपभर नेपाल पत्रकार महासंघका उपशाखा गठन गरिनु पर्नेमा पनि जोड दिए । सो अवसरमा अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष समेत रहेका राईलाई अनेसास पोर्चुगलले प्रमाणपत्रकासाथ विशेष सम्मान गरेको थियोे ।
अन्तरक्रियामा पोर्चुगलका प्राय नेपाली संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा वक्ताहरुले पोर्चुगलमा नेपाल पत्रकार महासंघ गठन अत्यन्त स्वागतयोग्य रहेको बताउंदै निष्पक्ष पत्रकारिताकालागि शुभकामना दिएका थिए ।

फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल