
लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्ट अन्तिम चरणमा पुगेका छन् । उनीहरुमध्ये विजेताले बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सौभाग्य पाउने छन् ।
कञ्जरभेटिभ पार्टीभित्रको नयाँ नेता चयनका लागि बिहीबार भएको पाँचौँ चरणको निर्वाचनमा जोन्सनले सर्वाधिक १६० मत पाए भने हन्टले ७७ मत ल्याए । पाँचौँ चरणसम्म पुगेका वातावरण मन्त्री माइकल गोभ भने ७५ मत प्राप्त गरी अन्तिम चरणबाट बाहिरिए । एक मत भने बदर भएको थियो ।
हालसम्म पार्टीभित्रका सांसदहरुले मतदान गर्ने गरेकोमा अब भने दलका १ लाख ६० हजार सदस्यले नयाँ नेताका लागि मतदान गर्नेछन् । जुलाईमा सो मत परिणाम घोषणा गरिने कार्यक्रम छ ।
यसअघि बिहीबार नै भएको चौथो चरणको मतदानमा गृहमन्त्री साजिद जाविद सबैभन्दा कम मत प्राप्त गरि प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा