प्रसुनाको एनआरएनए यूके महिला 
संयोजकमा उम्मेदवारी

लन्डन । बेलायतको नेपाली डायस्पोरामा चर्चित एकजना नर्स, कलाकार एवं मोडल प्रसुना 
कंडेलले एनआरएनए यूके महिला 
संयोजकमा उम्मेदवारी दिने भएकी छन् । नेप्लिज 
नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष एवं एनआरएनए यूके सल्लाहकार 
कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन एनआरएन ‘प्लेटफर्म’ रोजेको बताइन् । ‘वृहत्तर समाजसेवा, महिला हकहित र सशक्तिकरणका मुद्दा उजागर गर्न एनआरएनए फोरम नै उचित ठानें’, प्रसुनाले वीनेपालीसंग भनिन्, ‘कुनै राजनीतिक प्रभावबिना निस्वार्थ कामका लागि चुनावी मैदानमा उत्रिने निर्णय गरेकी छु, मलाई सबैले सहयोग गर्नु हुनेछ भन्ने आशा छ ।’

सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आएकी प्रसुनाको नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयबारे एउटा पुस्तक नै तयार हुन्छ ।कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारी आफ्नो मुलमन्त्र र सफलताको कारक मान्छिन् उनी ।

क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट उनी रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । प्रसुनाले युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएससी गरेकी छन् ।

हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् । अहिले वुमन एसोसिएसनमा सदस्य छन् उनी । प्रसुना लन्डनस्थित नेपाली दूतावासले गठन गरेको ‘भिजिट नेपाल २०२०’ को महिला कमिटीमा पनि आवद्ध छन् ।


महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् । सो टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचार गरेको थियो । उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।

एनआरएनए यूकेको नारी दिवस कार्यक्रममा पनि उनको निरन्तर संलग्नता र योगदान रहंदै आएको छ ।

धादिङमा जन्मिएकी प्रसुना सामाजिक सेवा 
अतिरिक्त फिचर फिल्म, म्यूजिक भिडियो, 
सर्ट मुभिज, विभिन्न म्यागेजिन तथा रयाम्पमा समेत मोडलिङ गरिसकेकी छन् । उनले कयौं अवार्ड पनि पाएकी छन् । (हेर्नुस् तल)

प्रसुनाको विगत र वर्तमान-

Living in the UK since September 2005

I believe in hard work, determination, dedication and honesty.

Any work I do I would like to do with my full heart and soul to inspire, to motivate, encourage individuals and society through my work, contribution and as a role model.

Profession:

1.Critical Care Outreach Nurse Specialist

2.Learning and Development and Health & Safety Representative of Royal College of Nursing, which has 435000 nurses in the United Kingdom

Qualification:

1.Msc Advance Practice Nursing in Healthcare leadership – university of west London

2.Bsc Honours in Critical Care Nursing – City University, London

3. Diploma in Homeopathy – British Institute of Homeopathy

4. Diploma in Theatre Acting – Kingdom school of Arts, London

5. Diploma in Screen Acting – International School of Screen Acting

6. Diploma in Classical Vocel- Prayag Sangeet Samiti – India, Allabadh

Awards/Appreciation:

1.Appreciation from Embassy of Nepal & Nursing Association UK – Contribution   to Nepal during disastrous earthquake as a Medical Emergency Rescue Team Coordinator  – 2015

2. Awarded as Media Personality of Year – 2015

3. Honoured by Embassy of Nepal as Inspiring Youth personality – 2017

4. Miss Personality + Miss Public Choice Award – Face of Purity Beauty Competition UK – 2013

5. Rule the Runway UK Modelling Competition – Miss Public Choice – 2017

6.Afro Model Awards – 2015

7. National Box Office, Film Fare Award  – 2017

8.  Honoured by All Pakistan Nurses Association & Professional Relief Organisation in recognition of contribution to nursing & Humanitarian cause – 2019

Work & Contribution Social 

  1. NNA UK President 2017 – 2019
  2. Advisor NNA UK & NRNA UK – current
  3. Coordinator – Medical Emergency Rescue Team – 2015 ( Nepal Earthquake)
  4. Nepalese Blood Donors UK – General Secretary – 2013- 2017
  5. Nepalese Women’s Association – Ex- General Secretary, current member
  6. Women’s Committee for Visit Nepal 2020 formed by Nepal Embassy

Art & Entertainment Contribution:

  1. Upcoming – Elizabethan  poetry Theatre play “ A Tale of Two Roses” – 2019,July
  2. Samaya Drishiya Drama – 2015
  3. Jeegisha social Drama – 2017
  4. English Movie “US”
  5. Nepali Movie Eighteen  & U Turn
  6. Hindi movie , Pakistani tele play
  7. Nepali, Hindi & English Music Videos
  8. Nepali & English Short Movies

Hobbies

Poetry & Literature, Travelling & Nature

प्रतिक्रिया

सम्बन्धित सामाग्री