लन्डन । ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ दलको नेता छान्न बुधबार तीन चरणको मतदान सम्पन्न भएको छ । ३१३ कन्जरभेटिभ सांसदहरुबीचको चुनावी मैदानमा अब ४ जना उम्मेदवार मात्रै बांकी छन् । अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट तेश्रो चरणको ब्यालेटमा जम्मा २७ मत ल्याएर बाहिरिएपछि अब प्रतिष्पर्धामा बोरिस जोन्सन, जेरेमी हन्ट, माइकल गोभ र साजिद जाविद छन् ।
बोरिस १४३ मत ल्याएर पहिलो स्थानमा छन् भने जेरेमी हन्ट ५४ मतसहित दोश्रो स्थानमा छन् । माइकल गोभले ५१ र साजिद जाविदले ३८ मत ल्याए । भूतपूर्व विदेशमन्त्री बोरिस तीन चरणकै निर्वाचनमा पहिलो स्थानमा रहंदै आएका छन् । दलको नेता नै भावी प्रधानमन्त्री बन्ने भएकाले बोरिस बेलायतको नयां प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ ।
चौंथो चरणको मतदान बिहीबार हुने तालिका छ ।
बिहीबारको मतदानपछि छानिने अन्तिम दुई प्रतिष्पर्धीमध्येबाट कन्जरभेटिभ (टोरी) पार्टीका एकलाख ६० हजार सदस्यहरुले पोस्टल भोटमार्फत दलको नेता चुन्नेछन् । २२ जुनमा अन्तिम मतदान हुने र त्यसको महिना दिनभित्र बेलायतले नयां प्रधानमन्त्री पाइसक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री टेरेजा मेले दलको नेताबाट राजिनामा दिएपछि उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।
टोरी नेता बन्ने दौडमा रहेका पांच प्रतिष्पर्धीहरु मंगलबार राती बीबीसी वान लाइभ वहसमा सहभागी भएका थिए । टिभी वहसमा उनीहरुबीच ३१ अक्टोबरको समयसीमाभित्र बेलायतले ईयू छाड्ने कि नछाड्ने भन्नेमा घम्साघम्सी परयो ।
एउटा प्रश्नको जवाफमा बोरिस जोन्सनले ३१ अक्टोबरमा ईयू छाड्न एकदमै सम्भव भएको बताए । गृहमन्त्री साजिद जाविदले उक्त मिति माथि अरू बढी ध्यान दिनु पर्ने बताए भने माइकल गोभ र जेरेमी हन्टले थप समय चाहिन सक्ने बताए । तर, रोरी स्टेवार्टले भने आफ्ना प्रतिस्पर्धीहरुलाई बिना कुनै ठोस योजना ब्रिटेनमाथि विश्वास गरौं भनेर अगाडी बढिरहेको आरोप लगाएका थिए । रोरी तेश्रो चरणबाट बाहिरिएका छन् ।
करिब एक घण्टा लामो वहसमा उनीहरु सबैले ब्रेक्जिट टुंगो नलागेसम्म आमनिर्वाचन भने नगर्ने दृढता व्यक्त गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने