पत्रकार भट्टराईद्वारा एनआरएनए यूके महासचिव पदमा उम्मेदवारी घोषणा

Phadindra Bhattarai

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि साहित्यकार एवं पत्रकार भट्टराईले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार चाल्टर्न भिलेजस्थित चाल्टर्न एसेम्ली रुममा आयोजित एक सभामार्फत भट्टराईले नवौं कार्यसमितिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नी आमा र बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गरिरहंदा उनले कयौं शुभकामना र आर्शीवाद पाए ।

११ बुंदे प्रतिवद्धतासहित प्रस्तुत भएका भट्टराईले एनआरएनए अभियानमा आफ्नो अनुभव र ज्ञानलाई अझ उपल्लो स्तरबाट संस्थाका लागि योगदान गर्ने आकांक्षा राखेको बताए । संस्थालाई संगठनात्मक रुपमा बलियो र व्यवस्थित बनाउने एवं अध्यक्षको नीति तथा कार्यक्रमअनुसार संस्थाको विकास, सुधार र अभियान सफलताका लागि इमान्दारीपूर्वक र प्रतिवद्ध रुपमा काम गर्ने अठोट समेत व्यक्त गरे । ‘एनआरएनए यूकेको विधानले तोकेको काम, कर्तव्य र अधिकारमा निहित रहेर संस्थाको विधि विधान पालना गर्दै संगठनको विकासमा मेरो विवेक र क्षमताले भ्याएसम्म काम गर्नेछु’- उनले भने । अघिल्लो पटक विविध कारण पराजय भोगेपनि यसपटक आफूलाई जिताइदिन उनले अपिल गरे ।

यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव भइसकेका उनी हाल एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतको सल्लाहकार र सेतोपाटी अनलाइन पोर्टलका लागि युरोप संयोजक पनि हुन् ।

पत्रकार ध्रुवराज अर्यालले सञ्चालन गरेको घोषणासभामा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएन अभियन्ताहरु संगीता मरहट्ठा, रामशरण सिम्खडा, महेन्द्र कंडेल, पुनम गुरुङ, ललित न्यौपाने, ले. चन्द्र गुरुङ, दयानिधि सापकोटा, पशुपति पोखरेल, रणबहादुर केसी, विष्णु चालिसे, मिनप्रसाद गुरुङ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, श्रीचन्द्र गुरुङ, विनोद ज्ञवाली, कृष्ण खरेल, वासु शर्मा, कुमार श्रेष्ठ, दिपक थापा, सुशील प्रजापति लगायतले भट्टराईलाई शुभकामना दिए ।

वक्ताहरुले भट्टराई सालिन, वौद्धिक, अनुभवी र इमान्दार व्यक्तित्व भएको भन्दै उनको जितले एनआरएनए यूकेको गरिमा अझ उचो हुने विश्वास व्यक्त गरे ।

तस्विर- शिव भण्डारी 

भट्टराईका ११ बुंदे प्रतिवद्धता यस्ता छन्-

. एनआरएनएको सदस्यहरुले आफ्नो परिचयपत्र समेत प्राप्त गर्न नसकिरहेको परिप्रेक्षमा एनआरएनए यूकेको सदस्यता व्यवस्थापन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रयत्नशील रहने छु ।  

. एनआरएनए यूकेको समग्र क्रियाकलापहरुको कुशल संयोजनमा भूमिका खेल्ने छु । 

. एनआरएनए  यूकेले आयोजना गर्ने सभा, सम्मेलन, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमको चुस्त दुरुस्त र प्रभावकारी संचालन गर्नेछु ।

. कार्यक्रममा हुने, देखिने लामो र अनावश्यक खादामाला र भाषण प्रवृतिलाई न्यूनीकरण गर्ने प्रयास गर्नेछु ।

५. बैठक, सभा सम्मेलनका निर्णयहरुलाई कुशल अभिलेखीकरण गर्दै यसको सुचना सम्पूर्ण सदस्य सामु पुर्याउनेछु ।  

६. एनआरएनए यूकेको कार्यसमितिले निर्दीष्ट गरेको नीति तथा कार्यक्रमहरु उपयुक्त संयन्त्रमार्फत आम जनसमुदाय समक्ष सुचना प्रवाह गर्ने/गराउने छु ।

७. एनआरएनए यूकेको विधान अनुरुप गठित विभिन्न क्षेत्रीय समितीहरुसंग समन्वय गर्दै उपयुक्त सल्लाह, सुझाव र निर्देशनमा प्रभावकारी भूमिका खेल्नेछु ।

८. विभिन्न विभागका क्रियाकलाप तथा प्रगति विवरण छलफलमा ल्याउदै त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका खेल्नेछु ।

९. एनआरएनए यूकेले तय गरेको नीति था योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।

१०. सभा सम्मेलनहरुमा देखिने अनुशाशनहिनता र उद्दण्डतालाई  निस्तेज गर्दै विधि विधान र संस्थागत प्रक्रियाहरुलाई अनुशरण गर्ने गराउने छु । कार्यक्रम तथा बैठकहरुको  कुशल समन्वय गर्दैध्यक्ष तथा कार्यसमितिको सल्लाह र निर्देशनमा शान्त, सौम्य र स्तरीय कार्यक्रमहरु पस्किनेछु ।

११. एनआरएनए यूकेको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद तथा आवश्यकताको बखत नेपाल सरकारका निकायहरुसंग समन्वय गर्दै नागरिकता तथा लगानी जस्ता दुरगामी महत्व र चासोका सवालमा भूमिका खेल्नेछु ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री