लन्डन । पोखरेली मञ्च युकेले पीपल चौंथो नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गत शुक्रबार १४ जुन साँझ फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्ट्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरेली मञ्च युकेले सो जानकारी गराएको हो ।
उक्त खेल रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा आगामी जुलाइ १४ तारिख बिहान १० बजे शुरु हुनेछ भने २१ जुलाइका दिन फाइनेल खेल सम्पन्न हुनेछ ।
नकआउट सिस्टमले खेलाइने उक्त खेलका लागि १२ वटा टिमले आवेदन दिए पनि खेल दुई दिनसम्म सम्पन्न गर्नुपर्ने हुंदा ८ वटा टिमलाई मात्र दर्ता गरिएको मञ्चका उपाध्यक्ष एवं टुर्नामेन्ट संयोजक करम गुरुङले जानकारी दिए । सो प्रतियोगिता गर्न पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्ट्सले मुख्य प्रायोजकका रुपमा १००० पाउण्ड आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै, पहिलो पुरस्कार नगद ८०० पाउण्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले, दोस्रो पुरस्कार नगद ५०० पाउण्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गर्नेछ ।
करीब ५०० जना दर्शकको उपस्थिति रहने अपेक्षा राखिएको प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउण्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गर्ने संयोजक गुरुङले जानकारी दिए ।
पोखरेली मञ्च युकेले चौंथोपटक गर्न लागेको टुर्नामेन्टमा राफल ड्र समेत खेलाइने जनाए । उक्त राफल ड्र विजेतालाई एक तोला सुन उपहार समेत राखिएको बताए ।
टिम दर्ता शुल्क १५० पाउण्ड उठाइएको सो टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआइपीतर्फ भने खानासहित २५ पाउण्ड तोकिएको जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासालाई उपाध्यक्ष एवं संयोजक गुरुङ, अध्यक्ष मानप्रसाद गुरुङ र उपाध्यक्ष वाचस्पति रेग्मीले मेटाउने प्रयास गरेका थिए ।
उक्त खेल उद्घाटनका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र समापनका लागि एनआरएनए युके अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको आयोजकले जानकारी दिए ।
त्यस्तै, खेलाडी, आयोजक र दर्शकहरुको सुविधाका लागि अल्डरसटस्थित मोमो स्टेशनले फुड स्टल राख्ने समेत जानकारी दिए । हेल्थ एण्ड सेप्टीलाई समेत बिशेष ध्यान दिइएको सो खेलमा विन्चेस्टर क्रिकेट क्लब, नवयुवा टिम, रमाइलो क्रिकेट क्लव, हन्स्लो क्रिकेट क्लव, मिड्ल्याण्ड क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेट क्लवले भाग लिने भएको छ ।
सो पत्रकार सम्मेलनमा मुख्य प्रायोजक पीपल ग्रुपका डाइरेक्टर सूर्यप्रकाश गुरुङले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं शुभकामना दिए । त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष क्याप्टेन सिबी पुन, सल्लाहकार महेश गुरुङ, मोमो स्टेशनका अमित गुरुङ लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले उक्त टुर्नामेन्ट आयोजनाले खेलाडीहरुको क्षमता विकास हुने, एकअर्कामा चिनजान, इन्ट्रीग्रेशन र एकताको सुत्रमा बाँध्ने बताउदै उत्कृष्ट खेलाडीहरुलाई नेपालको टिमसंग खेलाइने योजना समेत रहेको जनाए ।
त्यस्तै, उनले मञ्चले गतवर्ष जस्तै यसपटक पनि आगामी अगष्ट २, ३ र ४ तारिखका दिन वेल्समा हाइक फर नेपाल आयोजना गर्न लागेको समेत जानकारी गराए । साथै, उनले उक्त दुवै दिन उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिन बेलायतवासी नेपालीहरुमा अनुरोध गरे ।
मञ्चका अध्यक्ष मान प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं कार्यक्रम संयोजक करम गुरुङले स्वागत मन्तब्य दिएका थिए भने उपाध्यक्ष वाचस्पति रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित