लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपालका प्रधानमन्त्री केपी ओली लन्डन आउंदा विरोधस्वरुप कालो झण्डा देखाउने भन्ने हल्ला निराधार र भ्रामक भएको स्पष्ट पारेको छ । बरु प्रधानमन्त्री ओली लन्डनमा आउंदा भव्य स्वागत गर्ने आफूहरुको योजना रहेको सत्याग्रह समितिका निर्देशक ज्ञानराज राईले बताए । ‘गेसो समर्थक केही साथीहरुले हामीले सम्माननीय प्रधानमन्त्रीको भ्रमणका क्रममा कालो झण्डा देखाउने तयारी गरेको भनेर भ्रामक हल्ला फैलाइरहेका छन्’, राईले प्रष्टयाए, ‘त्यो सरासर गलत र निराधार हो । हामी उहांलाई लन्डनमा स्वागत गर्न आतुर छौं ।’ प्रधानमन्त्री ओली १० जुनमा तीन दिने बेलायत भ्रमणका लागि यहां आउने तय भएको छ ।
गेसो अध्यक्ष कृष्णकुमार राईले सत्याग्रहको आन्दोलन ‘अराजक’ भएको र त्यसमा आफूहरुको समर्थन नरहने बताएपछि यी दुई समूहबीच सम्बन्ध चिसिएको छ ।
गोर्खा अभियन्ता राईले बेलायती प्रधानमन्त्री टेरेजा मे र प्रधानमन्त्री ओलीबीच ११ जुनमा वार्ता हुनुअघि प्रधानमन्त्री ओलीसंग आफूहरुले वार्ता गर्ने तयारी गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीसंगको भेटवार्तामा राख्ने एजेण्डाबारे वुद्धिजिवीहरुसंग परामर्श भइरहेको छ । हामी नेपाल सरकारले उच्चस्तरिय वार्ता कमिटी गठन गरेर भूपू गोर्खा समस्या समाधान गरोस् भन्ने माग प्रधानमन्त्री समक्ष राख्ने सोचमा छौं’- राईले भने ।
बेलायतले आफूहरुलाई वर्षौंदेखि भेदभाव गरेको गुनासो भूपू ब्रिटिश गोर्खाहरुको छ । उनीहरुले अंग्रेज सैनिक सरह समान पेन्सन र अन्य सुविधा माग गर्दै आएका छन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम