लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपालका प्रधानमन्त्री केपी ओली लन्डन आउंदा विरोधस्वरुप कालो झण्डा देखाउने भन्ने हल्ला निराधार र भ्रामक भएको स्पष्ट पारेको छ । बरु प्रधानमन्त्री ओली लन्डनमा आउंदा भव्य स्वागत गर्ने आफूहरुको योजना रहेको सत्याग्रह समितिका निर्देशक ज्ञानराज राईले बताए । ‘गेसो समर्थक केही साथीहरुले हामीले सम्माननीय प्रधानमन्त्रीको भ्रमणका क्रममा कालो झण्डा देखाउने तयारी गरेको भनेर भ्रामक हल्ला फैलाइरहेका छन्’, राईले प्रष्टयाए, ‘त्यो सरासर गलत र निराधार हो । हामी उहांलाई लन्डनमा स्वागत गर्न आतुर छौं ।’ प्रधानमन्त्री ओली १० जुनमा तीन दिने बेलायत भ्रमणका लागि यहां आउने तय भएको छ ।
गेसो अध्यक्ष कृष्णकुमार राईले सत्याग्रहको आन्दोलन ‘अराजक’ भएको र त्यसमा आफूहरुको समर्थन नरहने बताएपछि यी दुई समूहबीच सम्बन्ध चिसिएको छ ।
गोर्खा अभियन्ता राईले बेलायती प्रधानमन्त्री टेरेजा मे र प्रधानमन्त्री ओलीबीच ११ जुनमा वार्ता हुनुअघि प्रधानमन्त्री ओलीसंग आफूहरुले वार्ता गर्ने तयारी गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीसंगको भेटवार्तामा राख्ने एजेण्डाबारे वुद्धिजिवीहरुसंग परामर्श भइरहेको छ । हामी नेपाल सरकारले उच्चस्तरिय वार्ता कमिटी गठन गरेर भूपू गोर्खा समस्या समाधान गरोस् भन्ने माग प्रधानमन्त्री समक्ष राख्ने सोचमा छौं’- राईले भने ।
बेलायतले आफूहरुलाई वर्षौंदेखि भेदभाव गरेको गुनासो भूपू ब्रिटिश गोर्खाहरुको छ । उनीहरुले अंग्रेज सैनिक सरह समान पेन्सन र अन्य सुविधा माग गर्दै आएका छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने