लन्डन । झरना थापा निर्देशित यस वर्षको बहुचर्चित चलचित्र ‘ए मेरो हजुर ३’ को बेलायतमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा शो गरिएको हो । सपन इन्टरटेनमेन्ट लिमिटेडले गरेको उक्त प्रिमियर शोमा ‘ए मेरो हजुर ३’ की नायिका सुहाना थापा, उनकी आमा निर्देशक झरना थापा एवं निर्माता बाबु सुनिलकुमार थापा सहभागी थिए । उनीहरु आफ्नो फिल्म युरोपमा देखाउने क्रममा पोर्चुगल हुंदै बेलायत आएका हुन् ।
संयोग कस्तो भने आइतबार नै उक्त फिल्म नेपालमा प्रदर्शन भएको ५१ औं दिन पुगेको खुशीयालीमा फिल्म निर्माण टिम, सपन इन्टरटेनमेन्ट लिमिटेड परिवार र दर्शकहरुमाझ केक काटेर सफलताको ‘सेलिब्रेसन’ गरियो ।
फिल्म शोमा निर्देशक निर्माता डा. कपिल रिजाल, फिल्मकर्मीहरु सनमकुमार बैराग, ध्रुव दत्त, टंक धमला (लियो टयांक), काउन्सिलर प्रवेश केसी, रोमियन लिम्बु, समाजसेवी एवं व्यवसायी सूर्य गुरुङ, फडिन्द्र भट्टराई, तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ लगायत सयौं सहभागी थिए ।
फिल्म प्रदर्शनअघि सुहाना, झरना, सुनिलकुमार थापा, सपनकुमार राई, मेकअप आर्टिष्ट बिना राई लगायत लिमोजिनमा आउंदा दर्शकहरुले उनीहरुलाई न्यानो स्वागत गरेका थिए । शो अघि सुहाना, झरना र सुनिलले दर्शकको माया नै आफ्नो सफलता भएको बताउंदै सबैमा कृतज्ञता व्यक्त गरे ।
बेलायतमा उक्त फिल्म प्रदर्शनको जिम्मा लिएका सपनकुमार राई र मन्जु गुरुङ राईले दर्शकप्रति आभार व्यक्त गरे । सुहाना, अनमोल केसी, सलोन बस्नेत लगायत कलाकार अभिनित उक्त चलचित्रमा स्टार र फ्यानबीचको प्रेमकथा छ । सुहानाको यो ‘डेब्यू’ फिल्म हो ।
तस्विर सौजन्य- नवीन गुरुङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार