लन्डन । एक हजार धनी बेलायतीहरुको सूचीमा भारतीय मुलका दाजुभाई श्री र गोपी हिन्दुजा २२ अर्ब पाउण्ड (करिब ३२ खर्ब रुपैंया) को सम्पत्ति सहित पहिलो भएका छन् । उनीहरुको सम्पत्ति नेपालको वार्षिक कुल ग्राहस्थ उत्पादन (जिडिपी) भन्दा बढी छ । गत वर्ष भन्दा उनीहरुको सम्पत्तिमा १ अर्ब ३५ करोड पाउण्ड वृद्धि भएको हो ।
पारिवारिक ब्यवसायको रुपमा भारतको मुम्बईमा सन् १९१४ मा खोलिएको हिन्दुजा ग्रुपले अहिले विश्वभर तेल, ग्यास, बैंकिङ, आइटी र प्रोपर्टीको व्यवसाय गर्दछ ।
सन्डे टाइम्स्को रिच लिस्टमको दोस्रो धनीमा १८ अर्ब ६६ करोड पाउण्ड सम्पत्ति भएका बेलायती नागरिक डेबिड र साइमन रिउबीन छन् । प्रोपर्टी, कार्पेट, मेटलको ब्यवसाय गर्ने यी अर्का दाजुभाई हुन् ।
गतवर्ष पहिलो स्थानमा रहेका केमिकल कम्पनीका मालिक सर जिम रयाटक्लिफ १८ अर्ब २० करोड सम्पत्ति सहित तेस्रो स्थानमा झरेका छन् । सन्डे टाइम्स्का अनुसार उनले गत वर्ष भन्दा २ अर्ब ९० करोड पाउण्ड गुमाएका छन् ।
घर, जग्गा, कम्पनीको शेयर आदिको मुल्यका आधारमा धनीको सूची तय गरिएको हो । धनी एक हजार बेलायतीहरुको कुल सम्पत्ति ७७१ अर्ब ३० करोड पाउण्ड छ, जुन गत वर्ष भन्दा ४७ अर्ब ८० करोड पाउण्ड बढी हो । बेलायतमा गत वर्ष भन्दा ६ जना थपिएर अर्बपतिको संख्या १५१ पुगेको छ जसमा ९ जना साउथ अफ्रिकाबाट आएका छन् । बेलायत संसारकै सबैभन्दा धेरै अर्बपति बस्ने देश पनि मानिएको छ ।
१४ अर्ब ३७ करोड पाउण्डको सम्पत्ति भएका लगानी कम्पनी, संगीत तथा मिडियाका मालिक सर लियोनार्ड ब्लाभ्टनीक चौंथो र सर जेम्स डाइसन तथा उनको परिवार १२ अर्ब ६० करोड पाउण्ड सम्पत्ति सहित पाचौं धनी बेलायती हुन् ।
अर्का भारतीय मुलका स्टिल ब्यवसायी लक्ष्मी मित्तलको १४ अर्ब ६६ करोड पाउण्ड सम्पत्ति छ । संसारमा उत्पादन हुने २५ प्रतिशत कारलाई चाहिने मेटल उनको कम्पनीले आपूर्ति गर्छ ।
ब्रेक्जिट अनिश्चतताले गर्दा धेरै धनी बेलायतीहरुले आफ्नो सम्पत्ति बाहिर देशमा पनि सारिरहेको सन्डे टाइम्सले जनाएको छ । बेलायतको प्रतिपक्षी लेबर पार्टीको बढ्दो लोकप्रियताले गर्दा धनीहरु सशंकित भएको उक्त पत्रिकामा उल्लेख छ ।
लेबर पार्टीका नेता जेरेमी कोर्बिनले धनीलाई कर बढाई निम्न आय भएकालाई सरकारले थप सहयोग गर्नुपर्ने बताउंदै आएका छन् ।
केही वर्ष पहिले पुख्र्यौली सम्पत्तिको हकदार भएर धनी हुने परम्परा रहेपनि अहिले भने प्रविधिको आविष्कार तथा ब्यवसायको अपार सफलताले अर्बपति हुने क्रम बढेको लन्डनस्थित अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । सन् १९८९ मा वर्तमान बेलायती महारानी धनीको सूचीमा सबैभन्दा पहिलो नम्बरमा थिइन् ।
बढ्दो ग्लोवलाइजेसनले गर्दा बेलायतमा अर्बपतिहरु बढ्ने क्रम जारी भएपनि समाजमा समानताका लागि सरकारले थप कदम चाल्नुपर्ने दवाव पनि उत्तिकै बढ्दै गएको छ ।
बिज्ञ समूह रिजोलुसन फाउन्डेसनले दुई वर्ष अघि दिएको तथ्यांकमा बेलायतका चार लाख ८० हजार मानिससंग देशको कुल सम्पत्तिको १४ प्रतिशत स्वामित्व छ । अर्कोतर्फ भने बेलायतका १५ प्रतिशत जनता अर्थात ७३ लाख मानिससंग कुनैपनि सम्पत्ति नभइ ऋणमा डुबेका तथ्यांकले देखाएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग