लन्डन – नेपालको लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । २०० वर्ष भन्दा लामो नेपाल-ब्रिटेन सम्बन्धमा ब्रिटिश राजदूतको रुपमा नियुक्त उनी पहिलो महिला हुन् ।
नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिसको कार्यावधि पुरा हुनै लाग्दा उनलाई नयाँ राजदूत नियुक्त गरिएको हो।
ब्रिटिश विदेश मन्त्रालयले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी श्रीमती पोलिटले आउँदो नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने जनाएको छ ।
गत दुई वर्ष देखि ब्रिटिश विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी संहालिरहेकी पोलिटले सन् २०१४ देखि २०१६ सम्म ब्रिटिश प्रधानमन्त्रीको सहायक निजी सचिवको रूपमा काम गरेकी थिइन्।
त्यसअघि ब्रिटेनको मन्त्रिपरिषदमा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरिसकेकी उनले काबुल तथा ओस्लोमा पनि कूटनीतिज्ञको रुपमा काम गरेकी थिइन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा