लन्डन – नेपालको लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । २०० वर्ष भन्दा लामो नेपाल-ब्रिटेन सम्बन्धमा ब्रिटिश राजदूतको रुपमा नियुक्त उनी पहिलो महिला हुन् ।
नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिसको कार्यावधि पुरा हुनै लाग्दा उनलाई नयाँ राजदूत नियुक्त गरिएको हो।
ब्रिटिश विदेश मन्त्रालयले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी श्रीमती पोलिटले आउँदो नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने जनाएको छ ।
गत दुई वर्ष देखि ब्रिटिश विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी संहालिरहेकी पोलिटले सन् २०१४ देखि २०१६ सम्म ब्रिटिश प्रधानमन्त्रीको सहायक निजी सचिवको रूपमा काम गरेकी थिइन्।
त्यसअघि ब्रिटेनको मन्त्रिपरिषदमा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरिसकेकी उनले काबुल तथा ओस्लोमा पनि कूटनीतिज्ञको रुपमा काम गरेकी थिइन् ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर