लण्डन । बर्न्टओक नेपाली समाजले एक कार्यक्रम आयोजना गरी गत साता लन्डन बरो अफ बार्नेटको उपमेयर पदमा निर्वाचित काउन्सिलर लक्ष्य गुरुङलाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष उदय गुरुङको सभापतित्वमा नर्थ रोड कम्युनिटी सेन्टरमा बुधबार बेलुका आयोजित एक समारोहमा उपमेयर गुरुङ तथा श्रीमती शोभा गुरुङलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित उपमेयर गुरुङले गत वर्ष बार्नेट बरोको काउन्सिलर पदमा निर्वाचित भए यता आफुले धेरै कुरा सिक्ने मौका पाएको बताए । उनले आफ्नो निर्वाचनलाई नेपालीको पहिचानको रुपमा आफुले लिएको बताए । उनले नेपाली युवाहरुलाई अगाडी बढ्न प्रेरणा मिलोस् भनेर आफु स्थानीय राजनीतिमा आएको बताउंदै युवाहरुलाई रचनात्मक कामहरुको नेतृत्व गर्न आग्रह गरे । उनले आफ्नो जित नेपाली समाजको जित हो भन्दै नेपाली समुदायको हितको लागि सक्दो काम गर्ने पनि बताए ।
समाजका अध्यक्ष उदय गुरुङले बेलायतमा बसोबास गरिरहेका नेपालीहरु राजनीति, व्यापार, शिक्षा लगायत सबै क्षेत्रमा अगाडी बढिरहेको र त्यो गौरवको विषय भएको बताए । उनले नेपाली बालबालिकाहरुले पठनपाठनमा राम्रो गरिरहेको बताउंदै युवाहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउन समाजले प्रयास गरिरहेको जनाए ।
शुभकामना दिंदै बर्न्टओक आमा समूहकी उपाध्यक्ष दिलमाया गुरुङले काउन्सिलर गुरुङको कामको मूल्यांकन गरेरै उहाँलाई उपमेयरको जिम्मेवारी दिइएको बताइन् । उनले स्थानीय नेपाली समाजका समस्या समाधान गर्नेतर्फ उपमेयर गुरुङले पहल गर्ने आफुहरुले विश्वास लिएको पनि बताइन् ।
सोही अवसरमा हालै बेलायतबाट संचालित समाचार पोर्टल ‘२४ न्युज प्रेस डटकम’ को पहिलो वार्षिकोत्सवका अवसरमा ‘युके जर्नलिस्ट अवार्ड २०१९’ बाट सम्मानित समाजका मिडिया संयोजक भगीरथ योगीलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै पत्रकार योगीले सदस्यहरुको सुःख दुःखमा साथ दिन नै समाज चाहिएको बताए । उनले बर्न्टओक नेपाली समाजसंगको सहकार्यमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बालबालिकाका लागि नेपाली कक्षा सञ्चालन गरिरहेको र समाजको युवा समूहले नेपाली नयां वर्षको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै समाजका महासचिव भोला पनेरुले नेपाली रास्ट्रियताले हामी सबैलाई एउटै मालामा उनीराखेको छ भन्दै उपमेयर गुरुङको जित सबै नेपालीको जित भएको बताए । सो अवसरमा बर्न्टओक आमा समूहले चियापान व्यवस्था मिलाएको थियो ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर