लण्डन । बर्न्टओक नेपाली समाजले एक कार्यक्रम आयोजना गरी गत साता लन्डन बरो अफ बार्नेटको उपमेयर पदमा निर्वाचित काउन्सिलर लक्ष्य गुरुङलाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष उदय गुरुङको सभापतित्वमा नर्थ रोड कम्युनिटी सेन्टरमा बुधबार बेलुका आयोजित एक समारोहमा उपमेयर गुरुङ तथा श्रीमती शोभा गुरुङलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित उपमेयर गुरुङले गत वर्ष बार्नेट बरोको काउन्सिलर पदमा निर्वाचित भए यता आफुले धेरै कुरा सिक्ने मौका पाएको बताए । उनले आफ्नो निर्वाचनलाई नेपालीको पहिचानको रुपमा आफुले लिएको बताए । उनले नेपाली युवाहरुलाई अगाडी बढ्न प्रेरणा मिलोस् भनेर आफु स्थानीय राजनीतिमा आएको बताउंदै युवाहरुलाई रचनात्मक कामहरुको नेतृत्व गर्न आग्रह गरे । उनले आफ्नो जित नेपाली समाजको जित हो भन्दै नेपाली समुदायको हितको लागि सक्दो काम गर्ने पनि बताए ।
समाजका अध्यक्ष उदय गुरुङले बेलायतमा बसोबास गरिरहेका नेपालीहरु राजनीति, व्यापार, शिक्षा लगायत सबै क्षेत्रमा अगाडी बढिरहेको र त्यो गौरवको विषय भएको बताए । उनले नेपाली बालबालिकाहरुले पठनपाठनमा राम्रो गरिरहेको बताउंदै युवाहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउन समाजले प्रयास गरिरहेको जनाए ।
शुभकामना दिंदै बर्न्टओक आमा समूहकी उपाध्यक्ष दिलमाया गुरुङले काउन्सिलर गुरुङको कामको मूल्यांकन गरेरै उहाँलाई उपमेयरको जिम्मेवारी दिइएको बताइन् । उनले स्थानीय नेपाली समाजका समस्या समाधान गर्नेतर्फ उपमेयर गुरुङले पहल गर्ने आफुहरुले विश्वास लिएको पनि बताइन् ।
सोही अवसरमा हालै बेलायतबाट संचालित समाचार पोर्टल ‘२४ न्युज प्रेस डटकम’ को पहिलो वार्षिकोत्सवका अवसरमा ‘युके जर्नलिस्ट अवार्ड २०१९’ बाट सम्मानित समाजका मिडिया संयोजक भगीरथ योगीलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै पत्रकार योगीले सदस्यहरुको सुःख दुःखमा साथ दिन नै समाज चाहिएको बताए । उनले बर्न्टओक नेपाली समाजसंगको सहकार्यमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बालबालिकाका लागि नेपाली कक्षा सञ्चालन गरिरहेको र समाजको युवा समूहले नेपाली नयां वर्षको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै समाजका महासचिव भोला पनेरुले नेपाली रास्ट्रियताले हामी सबैलाई एउटै मालामा उनीराखेको छ भन्दै उपमेयर गुरुङको जित सबै नेपालीको जित भएको बताए । सो अवसरमा बर्न्टओक आमा समूहले चियापान व्यवस्था मिलाएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल