लन्डन । युरोपकै पुरानो सांस्कृतिक राजधानी भनेर चिनिने बेलायतको मर्सीसाइडस्थित लिभरपुलमा सोमबार दिउंसो धुमधाम संग नेपाली पञ्चेबाजा घन्कियो । उक्त सांस्कृतिक कार्यक्रम आयोजना बेलायतमा भर्खरै उदाएको नेपाली सांस्कृतिक समाज (एनसीएस) युकेले गरेको थियो ।
परम्परागत एवं मौलिक नेपाली संस्कृतिलाई विदेशमा आकर्षक तरिकाले चिनाउने हेतुले लिभरपुल शहरमा कार्यक्रम गरिएको आयोजक तथा नेपाली सांस्कृतिक समाजका संस्थापक अध्यक्ष गोपाल अधिकारीले बताए ।
सोही मौकामा भिजिट नेपाल २०२० लाई समेत लक्षित गर्दै आइरिस कल्चर सेन्टरमा नौमति बाजा प्रदर्शन गरियो । यसअघि विश्वभरका पर्यटकहरु झुम्मिने म्यूजियम अफ लिभरपुल डबलीमा पञ्चेबाजा बजाउने योजना भने अनुमति नभएपछि सफल हुन पाएन ।
कार्यक्रममा नेपाली समुदाय तथा स्थानीय बेलायती समुदायको पनि उल्लेखनीय उपस्थिति रहेको नेपाली सांस्कृतिक समाजकी महासचिव कृष्णा गुरुङले जनाइन् ।
वीराल काउन्सिलमा ‘हेल्थ एण्ड सोसियल वर्क’ सम्बन्धी काम गर्दै आएका अर्का समाजसेवी लाहुरे धन गुरुङले नौमतीबाजा जस्तो परम्परागत नेपाली लोक मौलिक धुन विदेशी समुदायमाझ बजाउंदा यसले दुवै समुदायबीच ‘सोसियल कोहीजन’ र सामुदायिक अन्तरसम्बन्ध (कम्युनिटी इन्टीग्रेसन) स्थापित गराउने बताए ।
कार्यक्रममा सहभागी दुई बेलायती नागरिकले नेपाली नौमती बाजाको ताल एकदमै मन छुने र नाच्न प्रेरित गर्ने खालको भएको बताए ।
लिभरपुल शहर आप्रवासी र सांस्कृतिक पर्यटनका लागि चर्चित ठाउं हो । स्थानीय सांस्कृतिक धरोहर, अन्तर्राष्ट्रिय सांस्कृतिक झांकी तथा विविध पर्यटन गतिविधिका लागि लिभरपुलले सन् २००८ मा ‘युरोपियन क्यापिटल अफ कल्चर’ भन्ने टाइटल समेत पाएको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा