‘घुम्तीमा नआउ है, आंखा तिमी जुधाउन
बांधिए माया फेरि गाह्रो हुन्छ फुकाउन…’
लन्डनस्थित नेपाली दूतावास भवनको प्रेक्षालयमा उक्त कालजयी गीत गुन्जिरहंदा छिचोलिनसक्नु भीडले तालीको गडगडाहट दिइरह्यो । उमेर ८१ भएपनि गायनमा उस्तै उर्जा र जोस् बोकेका ति ज्येष्ठ श्रष्ठाले नेपाली समयानुसार राती तीन बजेसम्म गाए ।
आधुनिक नेपाली संगीतका मुर्धन्य श्रष्ठा संगीत साधक प्रेमध्वज प्रधान शुक्रबार सांझ श्रुतिमधुर र कालजयी केही थान गीतसंगै प्रस्तुत भए लन्डनमा ।
‘गोरेटो त्यो गाउंको लौन आज…’ बुढ्यौली उमेरमा पहिलो पटक बेलायत टेकेका उनले अर्को कोशेली प्रस्तुत गर्दा संगीत सन्ध्या अझ रोमाञ्चक बन्यो । ‘स्वास्थ्यका लागि पनि म गाउंछु’, प्रधान स्वस्थ्य रहने ‘टिप्स’ दिंदै थिए ।
‘पारीदेखि जुनकिरीले डोरयाई ल्यायो’, ‘हांस्ने रहरहरु आंशुमा डुबे’ लगायत गीत गाइरहंदा उनले विदेशमा देश चिनाउने माध्यम गीत संगीत भएको पनि बताए । ‘जुन देशमा भएपनि नेपाली भएरै बांच्नु पर्छ’, उनले भने, ‘हामीले नेपाली कला संस्कृति, संगीत, भाषा र परम्परा भुल्यो भने नयां पिंढीले नेपाली भन्न पनि बिर्सन्छ ।’
विगत ६७ वर्षदेखि निरन्तर गायनमा सक्रिय प्रधान ५० हजार रुपैंया राशीको ‘बसुन्धरा श्री पुरस्कार ०७५’ थाप्न बेलायत आएका हुन् । कार्यक्रमबीच बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्री (राजदूत) र कोषाध्यक्ष श्रीमति पुनमराज्य लक्ष्मी सुवेदीले प्रधानलाई पुरस्कार प्रदान गरे ।
‘नेपाली गीत संगीत एवं बाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन प्रधानको अतुलनीय योगदान भएकाले पुरस्कृत गरिएको हो’, राजदूत सुवेदीले भने । नेपाली संगीतका सबैभन्दा ज्येष्ठ गायक प्रधानका करिब ७ सय बढि गीत छन् ।
दूतावासमा प्रधानलाई सम्मान गर्न स्थानीय कलाकारहरु दीपक थापा, चोक गुरुङ, सितु खरेल, गंगा राज, थीर थापा, बिसी राई, प्रमोश शर्मा, आशिष राज, शर्मिला बर्देवा र सपनकुमार राईले एक एक गरि प्रधानका दश चर्चित गीत गाए । सयपत्री सांस्कृतिक समूहले उनकै गीतको धुन प्रस्तुत गरयो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरु र मगर संघ यूकेको निर्वाचित नयां कार्यसमितिलाई दूतावासले वधाइसहित खादाले सम्मान गरेको थियो ।
गायक प्रधान ३० मेमा लन्डनस्थित नेपाली दूतावासले म्यानचेस्टरमा गर्न लागेको गणतन्त्र दिवस समारोह र १ जुनमा मगर संघ यूकेले फार्नबोरोमा गर्ने ओपन कन्सर्टमा समेत सहभागी हुने कार्यक्रम छ । कान्तिपुर
तस्विरहरु- नरेन्द्र बस्नेत
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने