लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको महाधिवेशन नजिकिंदै गर्दा पत्रकार, साहित्यकार तथा समाजसेवी अधिवक्ता भोला विक्रम राईले सचिव पदमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।
राईले ‘संस्थालाई विधि र प्रक्रियागत ढंगबाट चलाउन र सिमित वर्ग र समुदायमा मात्र खुम्चिएको एनआरएनए यूकेलाई यूकेभरी बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरुको घर घरसम्म पुरयाउन आफ्नो उम्मेदवारी रहेको’ बताए ।
को हुन् भोलाविक्रम राई ?
त्रिभुवन विश्वविद्यालय ल क्याम्पसबाट कानूनमा स्नातक राई सन् २०१० बाट वेलायतस्थित स्वीण्डनमा बसोबास गरिरहेका छन् ।
स्कूल पढ्दादेखि विद्यार्थी संगठनमा आवद्ध राई अनेरास्ववियु प्रारम्भिक कार्य समिति, नेपाल ल क्याम्पसका सचिव, किराती युवा समाज काठमाडौंका अध्यक्ष, आदिवासी विद्यार्थी समाज नेपाल, केन्द्रिय कार्य समितिको सचिवालय सदस्य तथा प्रचार-प्रसार विभाग प्रमुख रहेर जिम्मेवारी पूरा गरिसकेका छन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापनाकाल देखिकै क्रियाशिल सदस्य रहेको राई, किरात राई यायोक्खा यूकेका केन्द्रीय सदस्य, स्थानीय सामुदायिक संस्था नेपाली समाज विल्ट्सायर स्वीन्डनको सचिव र सल्लाहकार रहेर सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका छन् भने हाल किरात राई यायोक्खा स्वीन्डनको कानूनी सल्लाहकार, गोर्खा नेपाली समाज स्वीन्डनका संरक्षक र छिप्ती सेवा समाज, वुइपा छिप्तीको विशिष्ठ संरक्षक रहेका छन् ।
उनले आफू जन्मेको गाउं खोटाङ वुईपा छिप्तीको विकास र सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापित छिप्ती सेवा समाजको स्थापना गर्न र श्री सहयोगी प्रावि वुईपा छिप्तीलाई ल्यापटप र प्रोजेक्टर उपलब्ध गराउंन र इन्टरनेट जडानमा भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै दुवईमा रोजगारीको सिलसिलामा गएको अनिश खालिङलाई मृत्युदण्डको सजायबाट बचाउने अभियानको लागि यूकेबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका राईले नेपालमा आर्थिक अभावमा उपचार गर्न नपाएको विभिन्न रोगका रोगीहरुको उपचार खर्च जुटाउने विभिन्न अभियान चलाएर दीन दुःखीहरूको सेवा गरिरहेका छन् ।
पछिल्लो समय कुनै पनि राजनैतिक वाद र विचारबाट टाढा रहेका राई गीत, संगीत र साहित्यमा रुची राख्ने बताउंछन् । उनले आफ्नै एकल शब्द र संगीत रहेको सांगीतिक एल्बम ‘जीन्दगानी’ प्रकाशित गरिसकेका छन् भने अर्को एल्बम प्रकाशोन्मुख छन्। उनले गीत संगीतको क्रममा नेपाली सांगीतिक उद्योगका चर्चित हस्तीहरु दीप श्रेष्ठ, राजेश पायल राई, अन्जु पन्त, उदय सोतांग लगायतसँग सांगीतिक सहकार्य गरिसकेका छन्। त्यसैगरी उनको विभिन्न पत्रपत्रिका र अनलाइन मिडियाहरुमा फुटकर गीत, गजल र कविता प्रकाशित भएका छन् ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी