लन्डन । ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन, बांधिए माया फेरि गारहो हुन्छ फुकाउन…।’ कुनै बेला मायां बस्ने डरले घुम्तीमा मायालुलाई बोलाउन हच्किने नेपालका सुविख्यात गायक प्रेमध्वज प्रधान बेलायतका नेपालीसंग भने माया गांस्न पहिलो पटक लन्डन आउने भएका छन् ।
लन्डनस्थित नेपाली दूतावासको निमन्त्रणामा नेपाली संगीतका सबैभन्दा ज्येष्ठ श्रष्टाको बेलायत आगमन तय भएको हो । उनी आगामी २३ मेमा लन्डन उत्रने कार्यक्रम छ ।
‘नमान लाज यसरी…’, ‘तारामात्रै होइन तिमीलाई…’ ‘देउरालीमा बतास चल्यो’, ‘पर लैजाउ फूलहरु’, ‘गुलाफी घुम्टो…’ जस्ता दर्जनौं लोकप्रिय गीतका सर्जक प्रधानको सम्मानमा दूतावासले २४ मे शुक्रबार सांझ स्वागत समारोह गर्ने भएको छ ।
दूतावास श्रोतका अनुसार गायक प्रधान ३० मेमा म्यानचेष्टरमा हुने लोकतन्त्र दिवस समारोहमा सरिक हुनेछन् । म्यानचेष्टर कार्यक्रम पर्यटन, व्यापार, लगानी र संस्कृति प्रवर्धन र जनता जनताबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन प्रभावकारी हुने विश्वास दूतावासलाई छ । कार्यक्रममा दूतावासले ग्रेटर म्यानचेष्टर क्षेत्रका प्रभावशाली बेलायती नागरिक एवं नेपाली अभियन्ताहरुलाई समेत आमन्त्रण गरेको छ ।
प्रधानको सम्मानमा मगर संघ यूकेले पनि १ जुनमा एक कार्यक्रम राखेको छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा