लन्डन । ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन, बांधिए माया फेरि गारहो हुन्छ फुकाउन…।’ कुनै बेला मायां बस्ने डरले घुम्तीमा मायालुलाई बोलाउन हच्किने नेपालका सुविख्यात गायक प्रेमध्वज प्रधान बेलायतका नेपालीसंग भने माया गांस्न पहिलो पटक लन्डन आउने भएका छन् ।
लन्डनस्थित नेपाली दूतावासको निमन्त्रणामा नेपाली संगीतका सबैभन्दा ज्येष्ठ श्रष्टाको बेलायत आगमन तय भएको हो । उनी आगामी २३ मेमा लन्डन उत्रने कार्यक्रम छ ।
‘नमान लाज यसरी…’, ‘तारामात्रै होइन तिमीलाई…’ ‘देउरालीमा बतास चल्यो’, ‘पर लैजाउ फूलहरु’, ‘गुलाफी घुम्टो…’ जस्ता दर्जनौं लोकप्रिय गीतका सर्जक प्रधानको सम्मानमा दूतावासले २४ मे शुक्रबार सांझ स्वागत समारोह गर्ने भएको छ ।
दूतावास श्रोतका अनुसार गायक प्रधान ३० मेमा म्यानचेष्टरमा हुने लोकतन्त्र दिवस समारोहमा सरिक हुनेछन् । म्यानचेष्टर कार्यक्रम पर्यटन, व्यापार, लगानी र संस्कृति प्रवर्धन र जनता जनताबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन प्रभावकारी हुने विश्वास दूतावासलाई छ । कार्यक्रममा दूतावासले ग्रेटर म्यानचेष्टर क्षेत्रका प्रभावशाली बेलायती नागरिक एवं नेपाली अभियन्ताहरुलाई समेत आमन्त्रण गरेको छ ।
प्रधानको सम्मानमा मगर संघ यूकेले पनि १ जुनमा एक कार्यक्रम राखेको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?