लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउंदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेप्लिज सेफ एशोसिएसन यूकेले सोमबार सांझ मिडल्याण्डको बर्मिङहममा आयोजना गरेको कार्यक्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य र मिडिया विभागमा सदस्य छन् । यसअघि एनआरएनए यूकेको छैंठौं कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालेका उनले पांचौं कार्यसमितिमा सदस्यका रुपमा समेत काम गरेका थिए । सेतोपाटी अनलाइनका युरोप संयोजक उनी बेलायतको नेपाली समुदायमा एक पत्रकार, कवि तथा साहित्यकारका रुपमा समेत परिचित छन् ।
उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धता औपचारिक कार्यक्रम गरि छिट्टै सार्वजनिक गर्ने जनाए । उनले मिडल्याण्डवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आव्हान समेत गरे । दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्था ‘गैरआवासीय नेपाली संघ’ संगको आवद्धता महत्वपूर्ण रहने उनको भनाइ थियो ।
संघको विगतको समीक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने