लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउंदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेप्लिज सेफ एशोसिएसन यूकेले सोमबार सांझ मिडल्याण्डको बर्मिङहममा आयोजना गरेको कार्यक्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य र मिडिया विभागमा सदस्य छन् । यसअघि एनआरएनए यूकेको छैंठौं कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालेका उनले पांचौं कार्यसमितिमा सदस्यका रुपमा समेत काम गरेका थिए । सेतोपाटी अनलाइनका युरोप संयोजक उनी बेलायतको नेपाली समुदायमा एक पत्रकार, कवि तथा साहित्यकारका रुपमा समेत परिचित छन् ।
उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धता औपचारिक कार्यक्रम गरि छिट्टै सार्वजनिक गर्ने जनाए । उनले मिडल्याण्डवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आव्हान समेत गरे । दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्था ‘गैरआवासीय नेपाली संघ’ संगको आवद्धता महत्वपूर्ण रहने उनको भनाइ थियो ।
संघको विगतको समीक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते