लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटमा एकजना नेपालीले काउन्सिलर पदमा चुनाव जितेका छन् । युवा व्यवसायी तथा समाजसेवी प्रवेश केसीले २ मे बिहीबार भएको स्थानीय निर्वाचनमा ३२८ मत ल्याएर काउन्सिलर पद जितेका हुन् ।
केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका थिए । प्राप्त नतिजा अनुसार, लेबरका उम्मेदबारले २८६ र लिब्डेम उम्मेदवारले जम्मा ८५ मत ल्याए ।
अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताएका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान