लन्डन । बेलायतको रमणीय शहर केन्टमा बसोबासरत गुरुङहरुको साझा संस्था तमु समाज केन्ट युकेको अध्यक्षमा श्रीमती राजदेवी गुरुङ निर्विरोध चुनिएकी छिन् । उनी तमु समाज केन्ट युकेको सातौं अध्यक्ष हुन् ।
तमूहरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभुषा, रितिरिवाज, परम्परा र कला जगेर्ना गर्ने उद्देश्यले स्थापित समाजकी उनी पहिलो महिला अध्यक्ष हुन् ।
युकेका विभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा महिला नेतृत्व न्यून रहँदै आएकामा राजदेवीले यो मौका पाएकी हुन् । उनी तमु समाज केन्ट युकेको स्थापना कालदेखि नै सक्रिय हुँदै आएकी थिइन् ।
हालसम्म ६ जना अध्यक्षहरुले तमु समाज केन्ट युकेको सफल नेतृत्व गरिसकेका छन् ।
सातौं अधिवेशनको निर्वाचन मण्डलले आइतबार २८ अप्रिल २०१९ देखि लागू हुने गरी श्रीमती राजदेवी गुरुङको अध्यक्षतामा प्रथम उपाध्यक्षमा डोल बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा प्रेम कुमारी गुरुङ, महासचिवमा गोलमान गुरुङ, सचिवमा निरज गुरुङ, कोषाध्यक्षमा भीम प्रसाद गुरुङ, सह कोषाध्यक्षमा नरेन्द्र गुरुङ, साँस्कृतिक संयोजकमा ममता गुरुङ, साँस्कृतिक सहसंयोजकमा इन्द्र गुरुङ, महिला संयोजकमा पवित्र गुरुङ र सुमित्रा गुरुङ, खेलकुद सचिवमा होम गुरुङ, खेलकुद उपसचिवमा मान गुरुङ र गणेश गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, न्यूज अनि मिडियामा मिलन गुरुङ र वेवसाइटमा हेम गुरुङले जिम्मेवारी पाएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार