लण्डन साउथहल स्थित विश्व हिन्दू मन्दिर परिसरमा वि. सं. २०७६ बैशाख १ का दिन धार्मिक अनुष्ठान गरी भव्यताका साथ मनाइएको छ ।
बेलायतमा रहेका धार्मिक अभियन्ता गुरुजनको सक्रियतामा उक्त अनुष्ठानको आयोजना गरिएको हो ।
समारोहमा बेलायतका विभिन्न स्थानबाट भक्तजनहरूको उपस्थिति थियो । कार्यक्रममा पण्डित गोविन्द नेपालले सत्यनारायण पूजा अर्चना एवं पण्डित शेखर शाण्डिल्यले नव ग्रह पूजन गराएका थिए । पण्डित गोविन्द नेपालले नेपाली मन्दिर नेपालीहरूमा एकता हुनु आवश्यक भएको र पश्चिम लण्डनमा एउटा नेपाली मन्दिर अति आवश्यक रहेको र त्यसमा सबैको पहल हुनुपर्नेमा जोड दिए ।
पण्डित शाण्डिल्यले हिन्दू धर्मभित्र भएका वैज्ञानिक पक्षहरूको अझ व्यापक प्रचार हुनसके कर्मकाण्डको अर्थ बोध हुन सक्नेमा जोड दिए ।
समारोहमा आचार्य दुर्गाप्रसाद पोख्रेलले नेपाली नयाँ वर्षको महत्वबारे सारगर्भित प्रवचन दिए । नेपालीले लिच्छवी राजा विक्रम आदित्य नामले प्रसिद्ध भूमि वर्माले शुभारम्भ गरेको विक्रम सम्वतको गौरवका साथ स्वागत गर्नुपर्ने र यस सम्वतका वैज्ञानिक, सामाजिक आध्यात्मिक पक्षबारे सूक्ष्मरूपमा विश्लेषण गर्नुपर्नेमा पोख्रेलले जोड दिए ।
वैशाख महिनामा शुरु हुने नयाँ वर्षको प्रकृतिले समेत आफ्ना हरित रंग र सुन्दर प्रसूनहरूद्वारा अनुमोदन गर्ने र पाश्चात्य मुलुकतिर पनि आर्थिक वर्ष बैशाख (अप्रिल) मा शुरु गर्नुमा त्यसको ठूलो महत्ता बोध पश्चिमले पनि गरेको र अन्य नेपाली सभ्यताका पक्षहरू उजागर हुँदै जाँदा ढिलो चाँडो विश्वव्यापी बन्ने कुरामा उनले जोड दिए ।
नेपालीले आफ्नो संस्कृति परम्परा र विशिष्ट रूपको नेपाली पात्रोमा गौरव गर्नुपर्ने र नयाँ पुस्तामा अझ त्यसको विकास र विस्तार हुनुपर्ने कुरा पोख्रेलले बताएका थिए ।
समारोहमा धार्मिक अभियन्ता मेजर सूर्य उपाध्याय, एनआरएनए बेलायत धर्म विभाग संयोजक होमनाथ पौडेल, नेपाली शेफ एशोसिएशनका अध्यक्ष दधि आचार्य, समाजसेवी सीताराम भण्डारी, गोविन्द घिमिरे, शान्ता संग्रौला, हरि न्यौपाने आदिले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सानी बालिका समृद्धि पोख्रेलले मन्त्रोच्चारण गरी शुभकामना दिएकी थिइन् ।
समारोहपछि प्रीति भोजको व्यवस्था पनि गरिएको थियो । कार्यक्रम पश्चिम लण्डन पण्डित संघले तीन वर्षदेखि निरन्तर गर्दै आएको छ ।
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता