
लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (नेपाली कक्षा) वन्टोकले च्यारिटी कार्यक्रमको तयारी पुरा गरेको छ । नेपाली नयाँ बर्ष २०७६ को दिन आइतवार १४ अप्रिलमा लन्डनस्थित ह्यारोमा गरिने कार्यक्रमको तयारी पुरा भएको हो ।
उक्त कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार समेत लन्डन उत्रिएका छन् । विहीवार नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान, शम्मु आचार्य, उमेश खडका र विकास देवकोटाले कलाकारहरुलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
बेलायतमा जन्मिएर नेपाली भाषा सिकिरहेका नयाँ पुस्तालाई नेपाली भाषा सिकाउनका लागि नेपाली कक्षा संचालन भैरहेको छ । नयाँ पुस्तालाई नेपाली भाषा र मातृभूमिसँग जोडन सो केन्द्रले लामो समयदेखि नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ ।
नेपाली कक्षाले गर्ने च्यारिटीलाई सांगीतिक बनाउन कलाकार भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेलगायतका कलाकार नेपालबाट आइसकेका छन् । उनीहरुले नेपाली गीत र संगीत मार्फत सो कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने केन्द्रका अध्यक्ष प्रधानले बताए । त्यसवाहेक नेपाली भाषा सिकिरहेका बालकालिकाको प्रस्तुत समेत रहनेछ ।
नयाँ पुस्तालाई नेपाली भाषासँग जोडने भाषा केन्द्रको कार्यलाई बेलायतस्थित महानुभावले च्यारिटीमार्फत सहयोग गरिरहेको अध्यक्ष प्रधानले जानकारी दिए । यहाँका नेपालीको सहयोगले कार्यक्रम सफल हुने विश्वास प्रधानलाई छ ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’