लण्डन । मगर संघ यूकेको छैठौ अधिवेशनले सुनिल रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
रानाले २४० मत ल्याएर प्रतिष्पर्धी अनिता राना (१८६ मत) लाई पराजित गरेका हुन् ।
कुल ४२८ मतदातामा २ मत बदर भएको थियो ।
२१ सदस्यीय नयाँ कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा सिता पुन, उपाध्यक्षमा राम गलामी र लाल पुन, महिला उपाध्यक्षमा छबी पुन, महासचिबमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए ।
त्यसै गरी सदस्यहरुमा किशोर राना, सरु राना, निर्मला थापा, गजवीर थापा, डन्ड थापा, रमेश दुरामगर, मोहन थापा, टेक राना र शिव राना निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । ४ पद पछि पदपूर्ति गरिने छ ।
पुरानो कन्नट स्कुल अल्डरशटमा सम्पन्न अधिवेशनमा महासचिब लाल पुन र कोषाध्यक्ष नेत्र आले तथा १२ शाखाले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर