लण्डन । बेलायत घुम्न आएका बेला अकस्मात हृदयघात भई दिवंगत प्रकाश विक्रम वस्नेतको परिवारलाई क्षेत्री समाज बेलायतले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष राजन क्षेत्रीले शनिबार चन्दाबाट संकलित रकम £१३९१ परिवारलाई हस्तान्तरण गरेका हुन् ।
डाटफोर्ड, केन्ट निवासी पबित्र बिक्रम बस्नेतका बुवा प्रकाश विक्रम बस्नेतको बेलायत भ्रमणका क्रममा अकस्मात हृदयघात हुन गइ आईसीयूमा उपचारकै क्रममा २१ औं दिनमा गत मार्च १५ मा असामयिक निधन भएको थियो ।
मेडिकल इन्सुरेन्स नभएको र अस्पतालको महँगो खर्च पनि भुक्तानी गर्नुपर्ने भएपछि बस्नेत परिवारले सहयोग याचना गरेको थियो ।
त्यसपछि समाजका उपाध्यक्ष तथा आपत्कालिन राहत कोषका संयोजक यज्ञ क्षेत्रीको संयोजनमा सहयोग संकलन सुरु गरिएको थियो ।
बस्नेत निवासमा रकम हस्तान्तरणका क्रममा संयोजक क्षेत्रीले मानवीय बिपत्तिमा समाजको अनुरोध स्वीकारी सहयोग गर्ने सबै सदस्यहरूप्रति आभार प्रकट गरे । सो अवसरमा सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति थियो ।
भर्खरै लण्डन कविता कन्सर्ट-२ बाट विकट सिन्धुपाल्चोक टेकानपुरको बिद्यालयलाई सम्पूर्ण खर्च कटाएर १७ लाख प्रदान गर्न सफल क्षेत्री समाज बेलायत केही बर्षदेखि परोपकारी तथा मानवीय कार्यमा अग्रणी रूपमा देखिएको छ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने