सोमबार, माघ १० २०७८ | Mon, January 24, 2022
नेपालको समय: ०५:३७ | UK Time: 23:52

वुलविचमा मे ५ मा भलिबल प्रतियोगिता

वीनेपाली
२०७५ चैत १२ गते २२:४३

लण्डन । ग्रीनीच भलिवल परिवारले लण्डनको वुलवीचमा भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही मे ५ तारिखका दिन आइतबार वुलवीचस्थित रोयल आर्टिलरी ब्यारेकमा सो प्रतियोगिता हुने भएको हो ।

लिग कम नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा विजेतालाई १ हजार २५० पाउण्ड, रनर अपलाई ८०० पाउण्ड नगद पुरस्कार र शिल्ड दिइने छ । प्रतियोगितामा सहभागी हुने टोलीले १५० पाउण्ड ‘इन्ट्री फी’ तिनुपर्नेछ ।

युवा वर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ रहन र मनोरञ्जन दिलाउनका लागि सो खेलकुद कार्यक्रम आयोजना गरिएको परिवारले जनाएको छ । परिवारले पहिलोपटक सो प्रतियोगिता आयोजना गरेको हो र आगामी वर्षहरुमा वर्षेनी प्रतियोगिता गरिने आयोजकले बताएका छन् ।

प्रतियोगितामा भाग लिन चाहनेहरुले खड्क रेश्मी ०७८३२२५१८५३, कमल राना ०७८८३९९५५७६, विनोद ज्ञवाली ०७५ ७७४७ १८२०, रविन्द्र रोका ०७५ ०६६८ २५९९, चन्द्र पुन ०७४ २८७८ ७४८७, अमर गुरुङलाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक