लन्डन । हयाम्पसायरमा एक शिशु मारेर फाल्ने व्यक्तिबारे सूचना दिनेलाई क्राइमस्टोपर्सले १० हजार पाउण्ड पुरस्कार दिने भएको छ । उक्त स्वतन्त्र च्यारिटी संस्थाले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने जनाउंदै त्यस्तो केही खबर भए जानकारी दिन अपिल गरेको छ । पुरस्कार अफर तीन महिनासम्ममात्र कायम रहनेछ ।
गत मे १९, २०१७ मा अल्डरसटको म्यानर पार्कमा एक शिशुलाई पार्कका कामदारले मृत अवस्थामा फेला पारेका थिए । डिएनए परिक्षणबाट उक्त बच्चाका आमा बाबु एसियन मुलका रहेको देखिएको प्रहरीले बताएको छ । हयाम्पसायर कन्स्टबुलरी प्रमुख अपराध विभागका गुप्तचरहरुले १५ मे सांझ ६ देखि १६ मे बिहान ८ बजेसम्मको बीचमा जन्म दिने बित्तिकै उक्त बच्चा मारेर हिंडेको विश्वास गरेका छन् । प्रत्यक्षदर्शीले १६ मे बिहान एसियन मुलकी एक महिला र तीन पुरुष बच्चा फालेको वरपर देखेका थिए ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीले पनि यस कार्यमा प्रहरीसंग नजिकबाट समन्वय गरिरहेको अध्यक्ष जीब बेल्वासेले जनाए ।
अपराध नियन्त्रणमा प्रमुख भूमिका निर्वाह गर्दै आएको उक्त संस्थाले हालसम्म एक लाख ४० हजार जनालाई गिरफ्तार गर्न सघाइसकेको छ ।
जानकारी दिन-
If you have any information about who was responsible for the murder of this baby near Aldershot, please contact Crimestoppers 100% anonymously on 0800 555 111 or through the untraceable Anonymous Online Form at www.crimestoppers-uk.org.
***Note: Information passed directly to police will not qualify. The reward will only qualify if information is passed to Crimestoppers’ 0800 555 111 number or via the non-traceable anonymous online form at www.crimestoppers-uk.org***
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?