काठमाडौँ, ८ चैत – आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ ।
संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ । यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् । निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी थिए । सो वर्ष सामुदायिक विद्यालयमा कूल तीन लाख ५९ हजार ९१२ र निजी विद्यालयमा एक लाख २५ हजार ६७४ गरी चार लाख ८५ हजार ५८६ परीक्षार्थी थिए ।
शहरी क्षेत्र रहेको प्रदेशमा भने निजी विद्यालयको प्रभाव भएकाले त्यहाँ छात्रा बढी छन् । यस वर्ष प्रदेश नं २ मा छात्रको सङ्ख्या बढी छ । सो प्रदेशका कूल ७० हजार ५६८ विद्यार्थीमध्ये ३७ हजार ४१ छात्र र ३३ हजार ५२७ छात्रा छन् । प्रदेश नं १ मा ८३ हजार ८१८ विद्यार्थीमध्ये ४० हजार १६४ छात्रा र ४३ हजार ६५४ छात्रा छन् । प्रदेश नं ३ मा एक लाख ६० हजार दुई विद्यार्थीमध्ये ५२ हजार ८८० छात्र र ५३ हजार ११२ छात्रा छन् ।
विद्यार्थीको कूल सङ्ख्यामा छात्राको सङ्ख्या बढी हुनु नेपालको जनसङ्ख्याको तुलनामा स्वभाविक हो । विश्व बैंकको पछिल्लो सर्वेक्षण अनुसार महिलाको जनसङ्ख्या ५१ दशमलव ४८ प्रतिशत छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी गराई शिक्षामा समताको अन्तर्राष्ट्रिय लक्ष्यलाई सघाउन सामुदायिक विद्यालय साधक देखिएका छन् । निजी तथा आवासीय विद्यालय एशोशिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले अभिभावकले नै निजी विद्यालयमा छात्र बढी पठाएकाले छात्राको सङ्ख्या बढाउन आफूहरुले पहल गरेर मात्रै नहुने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको बालअधिकार समितिको २३औँ सत्रमा नेपालको नागरिक समाजका तर्फबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ‘ग्लोबल इनिसिएटिभ फर इकोनोमिक, सोसियल एण्ड कल्चरल राइट्स’ले प्रस्तुत गरेको ‘नेपालमा विपद्पश्चात्को पुनःनिर्माणको सन्दर्भमा शिक्षामा निजीकरण र शिक्षा अधिकार’ विषयक समानान्तर प्रतिवेदन, २०१६ मा शिक्षामा व्यापारीकरणका कारण सामाजिक असमानता कायम रहेको उल्लेख छ ।
गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ ले भविष्यमा निजी विद्यालयलाई सेवामुखी बनाउन सिफारिस गरिए पनि त्यसको कार्यान्वयनका लागि कानून निर्माण बाँकी छ भने प्रतिवेदन सार्वजनिक नहुँदा सरकारको समाजवादोन्मुख शिक्षाको लक्ष्य स्पष्ट नभएको भनी विज्ञले टिप्पणी गरेका छन् । शिक्षाविद् डा मनप्रसाद वाग्लेले अक्षराङ्कन पद्धतिलाई बुझ्ने, बुझाउने र सञ्चालन गर्ने संयन्त्रका कारण परीक्षामा विद्यार्थीको गुणस्तर खस्केको बताउनुभयो । शिक्षामा सामाजिक विभेद् अन्त्यका लागि निजी विद्यालयलाई क्रमशः बन्द गराउनुपर्ने उहाँको भनाइ छ । शिक्षा पत्रकार सञ्जालले आज आयोजना गरेको छलफलमा डा वाग्लेले भन्नुभयो, “परीक्षाले विद्यार्थीको हाजिरी मापन गर्ने कि सिकाइ भन्ने स्पष्ट नहुँदा, प्रदेश र स्थानीय तहको अधिकार कार्यान्वयन नहुँदा तथा शिक्षक स्वतः स्थायी र विद्यार्थी स्वतः पास भनिँदा शिक्षामा समस्या देखिएको छ । तदर्थवादले शिक्षामा रुपान्तरण सम्भव छैन ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको छ । विसं २०७२ देखि अक्षराङ्कन पद्धतिमा सञ्चालन हुँदै आएको एसइई परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मीसहित प्रत्यक्षरुपमा ७२ हजार १७१ जनशक्ति परिचालित छ । अनिवार्य विषयका प्रश्नपत्र सातै प्रदेशका लागि अलग अलग बनाइएको छ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय