
लन्डन ।नेप्लीज व्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले भिजिट नेपाल २०२० को प्रचारसहित हाफ म्याराथन पुरा गरेको छ ।
गत १७ मार्च आइतवार लन्डनस्थित हामटन कोर्ट प्यालेस हाफ म्याराथनमा नेपाली धावकहरुले भिजिट नेपालको नारासहित दौड पुरा गरेका हुन् । नेप्लीज व्रिटिश कम्युनिटी यूकेको संयोजन तथा सहयोगमा भाग लिई दौड पुरा गर्ने नेपाली धावकहरुलाई नेपाली झण्डा र टिसर्ट प्रदान गरी हौसला दिन बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि तेजेन्द्र रेग्मी र संस्थाका अध्यक्ष मिलन घिमिरे पुगेका थिए ।
उक्त म्याराथनमा सहभागी नेपाली धावकलाई हौसला दिन संस्थाका अन्य सदस्यहरु तथा नेपालीहरुको उल्लेख्य उपस्थित थियो । नेपालको पर्यटन विकासका लागि नेपाल सरकारले भिजिट नेपाल २०२० घोषणा गरिसकेको छ ।
उक्त दौडमा एनबीसी यूके खेलकुद विभाग प्रमुख राजेन्द्र ओझा, अन्जु सिग्देल, दामोदर आचार्य, मुकुन्द नेपाल, समिरनाथ प्याकुरेल, राघव नेपाल, लेखनाथ घिमिरेलगायत १५ जनाले दौड पुरा गरेका थिए । म्याराथनमा सहभागी भएपनि खुट्टामा समस्या आएपछि बसन्त नेपाल र कमल लिम्बुले बीचमै छाड्नु परेको थियो ।

अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ