काठमाडौँ- समान कामका लागि समान पेन्सन नदिएको भन्दै पूर्वगोर्खा सैनिकहरूले बेलायत सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । उनीहरूले जुलाई १ (असार १६) सम्ममा आफ्नो माग पूरा गर्न मंगलबार बेलायत सरकारलाई अल्टिमेटम दिएका छन् ।
पूर्व पेन्सनरहरूको संगठन ‘गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति’ ले जुलाई १ सम्म बेलायतमा भर्ती हुने प्रक्रिया र त्यसका लागि चलाइने तयारी कक्षामा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले अबको आन्दोलन निर्णायक हुने र बेलायतले कुनै पनि बहानामा गोर्खाहरुलाई गुमराहमा राख्न नसक्ने बताए ।
समितिका महासचिव एसबी घिसिङले जुलाई १ का दिन लन्डनमा हजारौं पूर्व बेलायती सैनिकलाई उतारेर दोस्रो चरणको आन्दोलन थाल्ने चेतावनी दिएका छन् । पूर्वगोर्खा सैनिकहरूको ओहदा हेरी ३४ प्रतिशतसम्म पेन्सन बढाउने बेलायती सरकारको गत फागुन २३ को घोषणाविरुद्ध आन्दोलन लक्षित भएको घिसिङले बताए । ‘हाम्रो माग शतप्रतिशत वृद्धि हो,’ उनले भने, ‘उत्ति नै जोखिम मोलेर उस्तै काम गरेपछि हामीलाई पेन्सन पनि उत्ति नै चाहिन्छ । तर, बेलायतले आफ्ना नागरिकलाई जति सुविधा हामीलाई कहिल्यै दिएको छैन, त्यो अन्याय हो र हामी यसको विरोध गर्छौं ।’
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]