काठमाडौँ- समान कामका लागि समान पेन्सन नदिएको भन्दै पूर्वगोर्खा सैनिकहरूले बेलायत सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । उनीहरूले जुलाई १ (असार १६) सम्ममा आफ्नो माग पूरा गर्न मंगलबार बेलायत सरकारलाई अल्टिमेटम दिएका छन् ।
पूर्व पेन्सनरहरूको संगठन ‘गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति’ ले जुलाई १ सम्म बेलायतमा भर्ती हुने प्रक्रिया र त्यसका लागि चलाइने तयारी कक्षामा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले अबको आन्दोलन निर्णायक हुने र बेलायतले कुनै पनि बहानामा गोर्खाहरुलाई गुमराहमा राख्न नसक्ने बताए ।
समितिका महासचिव एसबी घिसिङले जुलाई १ का दिन लन्डनमा हजारौं पूर्व बेलायती सैनिकलाई उतारेर दोस्रो चरणको आन्दोलन थाल्ने चेतावनी दिएका छन् । पूर्वगोर्खा सैनिकहरूको ओहदा हेरी ३४ प्रतिशतसम्म पेन्सन बढाउने बेलायती सरकारको गत फागुन २३ को घोषणाविरुद्ध आन्दोलन लक्षित भएको घिसिङले बताए । ‘हाम्रो माग शतप्रतिशत वृद्धि हो,’ उनले भने, ‘उत्ति नै जोखिम मोलेर उस्तै काम गरेपछि हामीलाई पेन्सन पनि उत्ति नै चाहिन्छ । तर, बेलायतले आफ्ना नागरिकलाई जति सुविधा हामीलाई कहिल्यै दिएको छैन, त्यो अन्याय हो र हामी यसको विरोध गर्छौं ।’
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण