काठमाडौँ, ४ चैत – प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।
यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले स्वीकृति प्रदान गरेको थियो । विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले पर्याप्त छलफल गरेर अघि बढाउनुपर्ने निकै महत्वपूर्ण विधेयक भए पनि मौलिक हककै झझल्को दिने गरी हतारमा विधेयक ल्याएर आवश्यक छलफल गर्न दिने पाटोमा सरकार र सदन चुकेको धारणा राख्नुभयो ।
उहाँहरुले भन्नुभयो, “विधेयकमा धेरै कुरा अपुग छन्, छुटेका छन् । अझै छलफलको आवश्यकता छ भन्ने देखाएको छ, विस्तृत र गहनसँग छलफल गर्न पाएको भए निकै फलदायी बनाउन सकिने थियो ।” छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयक पारित गर्ने कार्यमा सहयोग पुरयाउन आग्रह गर्नुभयो ।
उक्त विधेयकको प्रस्तावनासहित २७ बुंदामा ३२ संशोधन परेको थियो । राष्ट्रिय अर्थतन्त्रलाई बलियो तुल्याउन तथा स्वदेशी उत्पादनलाई बढाउन विदेशी लगानी आकर्षण गर्ने ध्येयका साथ सरकारले उक्त विधेयक ल्याएको हो । उक्त विधेयक पारित भएसँगै आगामी लगानी सम्मेलनमा सरकारका तर्फबाट तयार गर्नुपर्ने आवश्यक कानूनी व्यवस्था बनेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते दिउँसो १ बजे बस्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन