
नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक चन्द्रकान्त( सिके) राउत ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि पत्र आदान प्रदान गर्दै । तस्वीर- चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस
लहान, ४ चैत – सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
सिरहाको लहानमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र मधेश गठबन्धन’का नाममा सक्रिय थियो ।
बैठकपछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले आज जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका अध्यक्ष सिके राउतलाई चयन गरेको उल्लेख छ । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ । पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रिपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै चुनाव चिह्नमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ ।
बैठकले सरकारसँग भएको सहमतिअनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति गठनसमेत गरेको छ ।
पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संवैधानिक रुपमा जनताको समस्या, माग हकहित र अधिकारका लागि अनवरत रुपमा समर्पित र निःस्वार्थ रुपमा सङ्घर्ष गर्ने प्रतिबद्धता बैठकमा जाहेर भएको विज्ञप्तिमा उल्लेख छ ।
दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सिके राउत मूलधारको राजनीतिमा आएका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता