
नेपाली काँग्रेस म्याग्दी कार्यालय बिपी स्मृति भवन उदघाटन समारोह बेनीबजार पुग्नुभएका नेका सभापति शेरबहादुर देउवालाई स्वागत गरिँदै । तस्बिर- रोशन सापकोटा, रासस
बेनी, २५ फागुन – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी आउनुभएको छ ।
सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।
हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुग्नुभएका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गर्नुभएको छ । नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गर्नुभएको छ । उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुरयाएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।
तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निर्माण गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?