सभापति देउवासहितका नेता म्याग्दीमा

नेपाली काँग्रेस म्याग्दी कार्यालय बिपी स्मृति भवन उदघाटन समारोह बेनीबजार पुग्नुभएका नेका सभापति शेरबहादुर देउवालाई स्वागत गरिँदै । तस्बिर- रोशन सापकोटा, रासस

बेनी, २५ फागुन – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी आउनुभएको छ ।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुग्नुभएका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गर्नुभएको छ । नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गर्नुभएको छ । उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुरयाएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।

तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निर्माण गरिएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री