काठमाडौँ, १५ फागुन – गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवर्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५-७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पुरयाउन नेपाल प्रवर्धन वर्ष मनाउन शुरु गरिएको जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षता र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीय मूल समारोह समिति गठन पनि गरिएको छ ।
कार्यक्रमअन्तर्गत सङ्घको अग्रसरतामा ‘एक मित्र आफ्नो मुलुक पठाउँ’, ‘गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’, ‘अतिथि देव भवः’जस्ता प्रवर्धनात्मक कार्यक्रम गर्न शुरु गरिएको छ । सङ्घको सदस्य रहेको मुलुकबाट ती सदस्यले कम्तीमा एक जना पर्यटकलाई प्रेरित गर्ने अभियान सञ्चालन गर्नुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकले पनि आफ्नो देशको संस्कार र संस्कृतिको जानकारी दिन विभिन्न महोत्सव थालनी गरिएको छ ।
सङ्घका अध्यक्ष भवन भट्टले सरकारले थालनी गरेको सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अभियानलाई सहयोग गर्नका लागि यस किसिमको अभियान शुरु गरिएकाले देश विदेशमा रहनुभएका सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
पर्यटन प्रवर्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकूद प्रतियोगिता, नेपाली खानाका विभिन्न कक्ष सञ्चालन गर्नुपर्नेमा अध्यक्ष भट्टले जोड दिनुभएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन वर्ष सफल बनाउन एनआरएनको यस अभियान अत्यन्तै महत्वपूर्ण रहने धारणा राख्नुभयो । विशेगरी नेपालमा पर्यटक आउने समय कात्तिक मङ्सिर र पुसलाई लिने गरिएको भएपनि अन्य महीनामा पनि पर्यटक ल्याउन सोहीअनुरुपको कार्यक्रम थालनी गर्नुपर्ने अधिकृत जोशीले भन्नुभयो ।
यस कार्यक्रमको लागि सङ्घले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड सम्बन्धित मुलुकस्थित नेपाली नियोग, राजदूतावास र सम्बन्धित निकायसँग सहकार्य गर्ने बताएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
 नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ? ‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट] राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत