काठमाडौँ, १५ फागुन – गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवर्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५-७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पुरयाउन नेपाल प्रवर्धन वर्ष मनाउन शुरु गरिएको जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षता र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीय मूल समारोह समिति गठन पनि गरिएको छ ।
कार्यक्रमअन्तर्गत सङ्घको अग्रसरतामा ‘एक मित्र आफ्नो मुलुक पठाउँ’, ‘गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’, ‘अतिथि देव भवः’जस्ता प्रवर्धनात्मक कार्यक्रम गर्न शुरु गरिएको छ । सङ्घको सदस्य रहेको मुलुकबाट ती सदस्यले कम्तीमा एक जना पर्यटकलाई प्रेरित गर्ने अभियान सञ्चालन गर्नुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकले पनि आफ्नो देशको संस्कार र संस्कृतिको जानकारी दिन विभिन्न महोत्सव थालनी गरिएको छ ।
सङ्घका अध्यक्ष भवन भट्टले सरकारले थालनी गरेको सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अभियानलाई सहयोग गर्नका लागि यस किसिमको अभियान शुरु गरिएकाले देश विदेशमा रहनुभएका सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
पर्यटन प्रवर्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकूद प्रतियोगिता, नेपाली खानाका विभिन्न कक्ष सञ्चालन गर्नुपर्नेमा अध्यक्ष भट्टले जोड दिनुभएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन वर्ष सफल बनाउन एनआरएनको यस अभियान अत्यन्तै महत्वपूर्ण रहने धारणा राख्नुभयो । विशेगरी नेपालमा पर्यटक आउने समय कात्तिक मङ्सिर र पुसलाई लिने गरिएको भएपनि अन्य महीनामा पनि पर्यटक ल्याउन सोहीअनुरुपको कार्यक्रम थालनी गर्नुपर्ने अधिकृत जोशीले भन्नुभयो ।
यस कार्यक्रमको लागि सङ्घले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड सम्बन्धित मुलुकस्थित नेपाली नियोग, राजदूतावास र सम्बन्धित निकायसँग सहकार्य गर्ने बताएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने