
गोरखाको बारपाक सुलीकोट गाँउपालिका ६ स्थित ताकुकोटमा मंगलबार आयोजित जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २४ औ स्मृतिसभा तथा गाउँपलिका कार्यालय भवन र शहिदपार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) । तस्वीर – रासस
गोरखा, १४ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माणको काम गरेको भन्दै अब विकासले गति लिने बताउनुभयो ।
उहाँले अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने दाबी गर्नुभयो । “यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको आकाङ्क्षा पूरा हुने गरी ल्याउँनेछौँ ।”
सरकारले ल्याउने आगामी आवको बजेटमार्फत पार्टीको चुनावी घोषणापत्रअनुसार वृद्धाभत्ता बढाउनेमा आफूहरु प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । “नेपाली जनताले आफ्नै सरकारको अनुभूति गर्ने गरी काम गर्न नसकेको सत्य हो, तर अब त्यसो हुँदैन”, उहाँले भन्नुभयो, “अब ल्याउने नयाँ कार्यक्रममा जनताका महत्वकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।”
पूर्वाधार विकासका निम्ति योजना बनाउने धेरै राम्रा काम सरकारले अघि बढाएको बताउँदै अध्यक्ष दाहालले केही कमी कमजोरीका बाबजुद पनि बिस्तारै विकासको कामले गति लिएको उल्लेख गर्नुभयो । “दुई तिहाइको सरकारले भष्ट्राचार अन्त्य गरिहाल्ला, विकासका काम तुरुन्त अघि बढाउला भन्ने जनतामा तीव्र चाहना थियो, ती कामहरु छिटो छिटो हुन नसकेको हामीले पनि अनुभूति गरेका छौँ,” उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले सरकारले बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम घोषणा गरिसकेको भन्दै त्यसबाट जनतामा बिस्तारै आशा पलाउँदै गएको बताउनुभयो । “यस्ता खालका कार्यक्रमले जनतामा उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “परिवर्तन एकै पटकमा भइहाल्ने होइन निराश हुनुपर्ने अवस्था छैन ।”
जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २४औं स्मृतिसभामा समेत सहभागी हुन गोरखा पुग्नुभएका अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अझै केही काम गर्न बाँकी रहेको बताउनुभयो । “बेपत्ता र शहीद परिवारलाई परिचयपत्र, रोजगारी राज्यले उपलब्ध गराउन नसक्दासम्म शान्तिप्रक्रियाले पूर्णता पाएको मानिँदैन, सरकार त्यही प्रक्रियालाई पूरा गर्न लागिरहेको छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले जनयुद्धभन्दा पनि अहिलेको राजनीतिक युद्ध बढी चुनौतीपूर्ण रहेको बताउँदै नेकपाले नेपाली राजनीतिलाई नयाँ चरणमा अघि बढाएको उल्लेख गर्नुभयो । “अहिलेको राजनीति युद्धभन्दा कम छैन”, उहाँले भन्नुभयो, “नेकपा र वर्तमान सरकारले त्यसलाई सचेत ढङ्गले अघि बढाइरहेको छ ।”
उहाँले नेपाली राजनीतिले सबै घेरालाई तोडेर संविधान निर्माण गरेको भन्दै अब विकास र समृद्धिका पनि जस्तोसुकै चुनौतीको समाना गर्न तयार रहेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय