लन्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय व्यवसायी, समाजसेवी तथा म्यूजिक भिडियो निर्देशक डा. कपिल रिजालले भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीका दिन दर्शक श्रोतालाई एक सांगीतिक उपहार दिएका छन् ।
बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष डा. रिजाल निर्देशित म्यूजिक भिडियो ‘सुस्तरी…’ बिहीबार सार्वजनिक भएको हो । रोमान्टिक मेलोडी गीत ‘सुस्तरी’ लोकप्रिय गायिका अन्जु पन्त तथा लन्डन बस्ने उदयीमान गायक अनिश पाण्डेले गाएका हुन् । गीत रचना र कम्पोज भानु भट्टराईको छ ।
बेलायतका विभिन्न लोकेशनमा खिचिएको उक्त म्यूजिक भिडियोमा लियो ट्यांक (टंक धमला) र अब्बी रानाले अभिनय गरेका छन् । क्यामेरा जिम्मेवारी सुमन श्रेष्ठ र सह निर्देशन सुरेशराज पाठकको छ ।
गत वर्ष उनले गायक गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा…’ को म्यूजिक भिडियो समेत निर्देशन गरेका थिए । उक्त भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका थिए भने अभिनय अन्जु बस्नेत र टंक धमलाको थियो ।
सफल दन्त व्यवसायी डा. रिजालले यसअघि पनि नेपाल तथा बेलायतमा कयौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी छिट्टै फिचर फिल्म निर्देशन गर्ने तयारीमा समेत छन् । डा. रिजालको समेत लगानी रहेको ‘ड्रिम्स’ सफल चलचित्र मानिन्छ ।
नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालले भूकम्प लगत्तै करिब तीन दर्जन चिकित्सक र नर्स लिएर नेपालमा स्वास्थ्य शिविर र राहत, उद्दार तथा पुनर्निर्माणमा उल्लेख्य काम गरेका थिए ।
म्यूजिक भिडियो हेर्नुहोस्-
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा