
गृह मन्त्रालयमा ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्नुहुँदै । तस्विर – किरण भट्टराई, रासस
काठमाडौँ, २८ माघ – सरकारले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै फागुन ७ गते मुख्य दिन राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिने समितिले जनाएको छ ।
सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ । कार्यक्रममा उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।
उपत्यका बाहिर प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा दिवस मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिनेछ । काठमाडौँमा दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जिल्ला सदरमुकामबाहेकका स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी प्रभातफेरी, प्रवचन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिनेछ । यस्तै फागुन ६ देखि ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ । आज बसेको समितिको बैठकले विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा विभिन्न कार्यक्रमसहित तीनै दिन साँझ दिपावली गर्ने समितिले निर्णय गरेको छ ।
विसं २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा