लन्डन । नेपाली चलचित्र छायांकनका लागि अचेल लन्डन उत्कृष्ट रोजाइ बन्दै गएको छ । यो पंक्तिमा जोडिएको छ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ ।
उक्त चलचित्रको छायांकन लन्डनबाट भएको हो । छायांकन अगाडि कलाकार र निर्माण समूहले क्यामेरा पूजा गरेका थिए ।
नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका थिए । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
निर्देशक सुदर्शन थापाले लण्डन, स्कटल्याण्ड र वेल्स्मा चलचित्रको छायांकन हुने जानकारी दिएका छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।
करिब ५० दिनको छायांकन सेड्यूलका साथ यसका कलाकार र निर्माण समूह केही दिन अघि मात्र लण्डन आइपुगेको थियो ।
अमित बस्नेतको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।
अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ ।
त्रिकोणात्मक प्रेमकथामा चलचित्र तयार बन्ने निर्माण पक्षले जनाएको छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख