
चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले शुक्रबार साँझ आफ्नो अनशन अन्त्य गर्नुभएको छ । डा. केसीलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारीले जुस खुवाई अनशन तोडाउनुभएको थियो । तस्वीर – चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस
काठमाडौँ, १८ माघ – चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ ।
अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो ।
“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो ।
डा केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।
डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्वविशिष्ट व्यक्तिले डा केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।
डा केसीको माग विधेयकमा प्रतिबिम्बित – शिक्षामन्त्री
काठमाडौं, १८ माघ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताउनुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीको अग्रसरतामा डा केसीसँग भएका सहमतिलाई मूलभूतरूपमा विधेयकमा समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सैद्धान्तिक कुरा गरेर हैन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।”
मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिँदै नेपाल संस्कृत विश्व विद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते