
चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले शुक्रबार साँझ आफ्नो अनशन अन्त्य गर्नुभएको छ । डा. केसीलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारीले जुस खुवाई अनशन तोडाउनुभएको थियो । तस्वीर – चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस
काठमाडौँ, १८ माघ – चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ ।
अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो ।
“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो ।
डा केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।
डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्वविशिष्ट व्यक्तिले डा केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।
डा केसीको माग विधेयकमा प्रतिबिम्बित – शिक्षामन्त्री
काठमाडौं, १८ माघ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताउनुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीको अग्रसरतामा डा केसीसँग भएका सहमतिलाई मूलभूतरूपमा विधेयकमा समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सैद्धान्तिक कुरा गरेर हैन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।”
मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिँदै नेपाल संस्कृत विश्व विद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने