
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आ-आफ्नो ठाउँबाट उभिएर अवरुद्ध गर्दै नेपाली काँग्रेसका सांसद । तस्वीर – रासस
काठमाडौँ, १७ माघ – सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई अप्ठ्यारोमा पार्ने गरी प्रतिपक्षले विरोधमाथि विरोध गरी सदन अवरोध गरेको बताउनुभएको थियो भने प्रतिपक्ष दलका सांसदले बहुमतका आडमा सरकार अराजक बन्दै गएको आरोप लगाएका छन् ।
नेकपा संसदीय दलका सचेतक देव गुरुङले संसदीय प्रणालीलाई प्रतिपक्षले अस्वीकार गरी अघि बढेको आरोप लगाउनुभयो । उहाँले बहुमतलाई अस्वीकार गर्ने परिपाटी लोकतन्त्रमा कहिलै हुन नसक्ने बताउँदै प्रतिपक्षले अटेर गरी सदन अवरोध गरिरहेको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका गगनकुमार थापाले सदनमा असहमति राख्नेलाई समाप्त पार्ने र प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्परा सदनमा हावी हुंदै गएको बताउनुभयो ।
उहाँले जीवन र मरणको दोसाँधमा रहेका डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले कुनै प्रयत्न नै नगरी अहंकार र दम्भबाट अघि बढिरहेको आरोप लगाउनुभयो ।
सोही दलका अर्का सांसद बालकृष्ण खाँणले गलत कामको भण्डाफोर गर्ने काम प्रतिपक्षको धर्म भएको बताउँदै बहुमतका आडमा दम्भ देखाएर प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्पराले प्रश्रय पाइरहेको छ भन्नुभयो ।
संसद् अवरोध कायमै राख्ने काङ्ग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ ।
काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने निष्कर्ष निकालेको हो ।
बैठकबारे जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले सदन सञ्चालनमा संसदीय मर्यादा उल्लङ्घन भएको र राष्ट्रिय मुद्दा सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै सदन सञ्चालन गर्न काङ्ग्रेसले सहयोग गर्न नसक्ने बताउनुभयो ।
काङ्ग्रेसले आफूले उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका आज बस्ने दुवै बैठक अवरोध गर्ने जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन