बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २२:१४ | UK Time: 16:29

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध’

वीनेपाली
२०७५ माघ १६ गते २१:४०

गृहमन्त्री रामबहादुर थापा …’बादल’सँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । तस्वीर- किरण भट्टराई, रासस

काठमाडौं, १६ माघ – गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोरयाउनुभएको छ ।

गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका गर्नुभएको थियो ।

भेटमा राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक