बिहीबार, माघ ६ २०७८ | Thu, January 20, 2022
नेपालको समय: २२:०१ | UK Time: 16:16

अल्डरसट सडक दुर्घटनामा ज्यान गुमाउने महिला हरिमाया

वीनेपाली
२०७५ माघ १० गते १५:३७

लण्डन । बेलायतको ह्याम्पशायर कन्स्टाबुलरीका प्रहरीले गत११ डिसेम्बरका दिन अल्डरसटमा सडक दुर्घटनामा ज्यान गुमाउने महिला हरिमाया पाइजा भएको जनाएको छ ।

स्थानीय एउटा चर्च बाहिर एउटा यामाहा मोटर साइकलले ठक्कर दिदा सख्त घाइते भएकी ४७ वर्षीया पाइजाको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।

मोटर साइकल चालक ३६ वर्षीय पुरुष पनि सो घटनामा घाइते भएको प्रहरीले जनाएको छ । सो घटनाबारे कुनै जानकारी भए आफूहरुलाई फोन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धाहरुको सडक दुर्घटनामा घाइते हुने वा ज्यान नै जाने जस्ता घटनाहरु बढ्दै गएको भनि अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक