लण्डन । बेलायतका मगरहरूले साहित्यकार, संगीतकार, गीतकार, गायक, धर्म प्रचारक मास्टर मित्रसेन थापामगरको एकसय तेइसौँ शुभजन्मोत्सव मगर भवन फान्ब्रो बेलायतमा मनाए ।
अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अनिता राना, महासचिव लाल पुनका साथै मगर सङ्घ केन्ट साखाका निबर्तमान अध्यक्ष साथै मास्टर मित्रसेन प्रतिष्ठानका आजिवन सदस्य विजय हितान तथा मगर बेलायतका केंद्रीय कार्यसमितिका साथै सल्लाहकारहरू र साखा अध्यक्षहरूको उपस्थिति थियो ।
सोही कार्यक्रममा यही फेब्रुअरी २३ मा आयोजना गरिने मगर दिवसकाबारेमा सो कार्यक्रमकी संयोजक तथा उपाध्यक्ष अनिता रानाले सबै जिम्मेवारी पाएका समितिलाई आफ्नो जिम्मेवारी बाँडफाँड गरेकी थिइन् भने कार्यक्रममा उपस्थितहरुले सुझाव राखेका थिए ।
कार्यक्रममा कीर्तिमानी आरोही निर्मल पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण अभियानका बारेमा जानकारी गराएका थिए भने पुर्जालाई ‘गिनिज बुक वर्ल्ड रेकर्ड’ तथा महारानीबाट ‘एमबीइ’ पाएकोमा सम्मान गरिएको थियो ।
सो अवसरमा साखाका अध्यक्षहरू र साथै सङ्स्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष कुलबहादुर थापा, सल्लाहकारहरू लेप्टन कर्नेल याम राना, क्याप्टेन वीरबहादुर थापा, ओम थापा काउचा, श्रीमती गोमा राना, मगर महिला संघ युकेकी अध्यक्ष श्रीमती छबिमाया पुनले विभिन्न विषयमा सुझाव दिएका थिए ।
खासगरी आउँदो मगर दिवस र ६ अप्रिल २०१९ का दिन निर्वाचित हुने नयाँ कार्यसमितिको चयनलाई कसरी सफल र प्रभावकारी बनाउने भन्ने बारेमा सुझाव दिइएको थियो । मगर सङ्घमा सबैलाई समेट्नका लागि पूर्व अध्यक्ष कुलबहादुर थापाले विधानमा हेरफेरको प्रस्ताव राख्नुभएकोमा सहभागीले सोही अनुसार अघि बढ्दा राम्रो हुने धारणा व्यक्त गरेका थिए ।
सल्लाहकार सुनिल रानाले आगामी कार्यसमितिमा अध्यक्ष पदमा आफ्नो इच्छा व्यक्त गर्दै राम्रो टीम निर्माण गर्न सबैको सहयोगको आशा व्यक्त गरे ।
मगरात संघर्ष समिति बेलायतका संयोजक ओम थापा काउचाले गत वर्ष गरेका गतिबिधिबारे प्रकाश पार्दै नेपाल मगर अघ्ययन केन्द्र र अमेरिकाको बोष्टन मगर समाजसंगको सहकार्यमा ‘नेपालका आदिवासी मगर-सन्दर्भ विवरण’ पुस्तक प्रकाशन गरिएको जानकारी दिए । सो पुस्तक बिक्रीबाट उठेको रकम गोरेबहादुर खपाङ्गी प्रतिष्ठानको अक्षय कोषलाई पठाइने उनले बताए ।
महासचिव लाल पुन मगर र सचिव रूद्र थापा मगरले कार्यक्रम सन्चालन गरेका थिए । अध्यक्ष नेम थापाले बैठक समापन गर्ने क्रममा माघेसङ्क्रान्ति बेलायतमा भब्यरुपमा सम्पन गरेकोमा सबै साखाहरुलाई बधाई तथा धन्यबाद दिए । मगर दिवसमा सकेसम्म नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर, महासचिव ज्ञानेन्द्र पुन साथै खानेपानी मन्त्री बिना मगर र लेखक डा मीन श्रीस मगरलाई निम्तो पठाउने प्रस्ताव राख्नु भएकोमा बैठकले सर्वसम्मतले प्रस्ताव पास गरेको थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा