लण्डन- बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले आइतबार बताएका छन् ।
अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, ‘ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्री टेरेजा मेले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौता बेलायती संसदले अस्वीकार गरेपछि ब्रेक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् ।
यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई