काठमाडौँ, १ माघ – विवेकशील साझा पार्टीको बैठकले फुटका बारेमा समीक्षा गरेको छ । पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा सूर्यराज आचार्यले पार्टीका पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाका रुपमा मूल्याङ्कन गरिएको जानकारी गराउनुभएको छ ।
बैठकले पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ । सो घटनाले प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्याङ्कन बैठकले गरेको उहाँले जानकारी दिनुभयो । पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्यौलता उत्पन्न भएकाले त्यसलाई चिर्न पार्टीका विभिन्न तहमा विविध कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
विस २०७६ फागुनमा पहिलो महाधिवेशन
विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । सो पार्टीले विदेशमा रहेका सबै नेपालीलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ ।
बैठकले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ ।
‘विवेकशील साझा युवा सङ्गठन’ र ‘विवेकशील साझा महिला सङ्गठन’ गठन गरी दुवै सङ्गठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरीका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने