लन्डन । धेरैले अनुमान गरेजस्तै ब्रिटिश संसदमा मंगलबार बेलुका भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेले प्रस्तुत गरेको विधेयक बहुमतले अस्वीकृत भएको छ ।
मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परयो । सत्तारुढ कन्जर्भेटिभ पार्टीकै सांसदहरुले पनि सो प्रस्तावको विपक्षमा मत हालेका थिए ।
तत्कालै विपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
आउंदो मार्च २९ तारिखमा ब्रिटेन युरोपेली संघबाट बाहिरिने संबन्धी फ्रेमवर्क सम्झौता गत महिना नै संसदमा मतदानकालागि प्रस्तुत गर्नुपर्ने थियो, तर आफ्नो प्रस्तावको पक्षमा बहुमत नपुग्ने देखेपछि प्रधानमन्त्रीले सो मतदानलाई पर सार्ने निधो गरेकी थिइन् ।
यसबाट ब्रिटेनको राजनीति अरु अनिश्चित बन्न पुगेको छ । बुधबार हुने अविश्वास प्रस्ताव पारित हुन विपक्षसंग पर्याप्त सदस्य संख्या छैन् तर सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री विरुद्ध मत दिन सक्ने अपेक्षा विपक्षीहरुले गरेको ठानिएको छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने