काठमाडौँ, २७ पुस – विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् । संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको जनाइएको छ । विवेकशील र साझा पार्टीबीच २०७४ सालमा एकता भएको थियो ।
‘नयाँ दल दर्ता दुर्भाग्यपूर्ण’
विवेकशील साझा पार्टीले उज्वलबहादुर थापाको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु दुःखद् भएको जनाएको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको परिस्थितिमा उक्त घटना दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।
यही पुस ३० गते हुन लागेको केन्द्रीय समितिको बैठकको तयारी गरेको अवस्थामा केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको उक्त विज्ञप्तिमा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आ–आफ्नै जिम्मेवारीमा यथावत् क्रियाशील रहेको जनाइएको छ ।
पछिल्लो विकसित घटनाक्रमबाट संपूर्ण पार्टी सदस्य, पार्टी अभियानकर्ता, सम्पूर्ण शुभेच्छुकलाई विचलित नभई जिम्मेवारीप्रति सचेत रहन पार्टीले आग्रह गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक